मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सय करोड क्लबमा वरुणको ‘जुडवा २’

एजेन्सी, मुम्बई, 2017/10/08
 
फिल्म ‘जुडवा २’ ले सय करोडको खातामा आफ्नो नाम दर्ता गराएको छ । फिल्मले प्रदर्शनको पहिलो दिनदेखि नै भारतीय बक्स अफिसमा सानदार कलेक्सन गरिरहेको छ । प्रदर्शनको आठ दिनमा फिल्म सय करोड क्लबमा इन्ट्री भएको हो । वरुण धवनको डबल रोल रहेको यो फिल्म २९ सेप्टेम्बरमा रिलिज भएको थियो । 
 
फिल्मले आठ दिनमा कुल १०८.०८ करोड कलेक्सन गरेको ट्रेड एनालिस्ट तरण आदर्शले ट्विट गर्दै जानकारी दिएका छन् । फिल्मले प्रदर्शनको दोस्रो हप्ताको पहिलो दिन ४.२५ र दोस्रो दिन ५.७५ करोड कलेक्सन गरेको छ । प्रदर्शनको पहिलो हप्तामा फिल्मले ९८.०८ करोडको विजनेश गरेको थियो । वरुण धवनको यो तेस्रो सुपरहिट फिल्म बनेको छ । 
 
घरेलू बक्स अफिसमा यो फिल्म कूल ३५ सय स्क्रिनमा प्रदर्शन भैरहेको छ । तापसी पन्नू र ज्याकलीन फर्नान्डिस फिल्ममा समारा र अलिश्का नामको यूवतीको भूमिकामा छन् । यो फिल्म फिल्म सलमान खानको १९९७ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘जुडवा’को सिक्वेल हो । फिल्मलाई वरुण धवनका पिता डेविड धवनले निर्देशन गरेका हुन् ।