मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सामन्थासँग नागाले लगनगाँठो कसे

एजेन्सी, मुम्बई, 2017/10/07
 
टलीउडको मोस्ट फेभरेट कपल नागा चैतन्य र सामन्था रुथ प्रभु विवाह बन्धनमा बाँधिएका छन् । ७ वर्ष एकअर्कासँग रिलेशनशिपमा रहेको यो कपल अब जन्म जन्मान्तरका लागि एक भएका छन् । गोवामा धूमधामसँग यी दुईको विवाह कार्यक्रम सम्पन्न भएको हो । नागा र सामन्थाले हिन्दी परम्परा अनुसार विवाह गरेका हुन् । 
 
 
विवाहमा नागाले कुर्ता लगाएका थिए भने सामन्थाले लाइट गोल्डन कलरको साडी लगाएकी थिइन् । भारतीय मिडियाका अनुसार, उनीहरुको ग्रान्ड रिसेप्सन हैदराबादमा ९ अक्टोबरमा हुनेछ । यो कपललाई आशिर्वाद दिन विवाह कार्यक्रममा १५० भन्दा बढी व्यक्ति सहभागी भएका थिए । मिडिया रिपोर्टका अनुसार, यो विवाहमा लगभग १० करोड रुपैयाँ खर्च भएको छ । 
 
 
३ दिनको सेलिब्रेशनपछि सामन्था र नागा आफ्नो फिल्मको काममा व्यस्त हुनेछन् ।  विवाहपछि सामन्थाको पहिलो फिल्म 'राजू गरी गाधी-२' १३ अक्टोबरमा रिलिज हुँदैछ । यस्तै, नागा चैतन्य 'सव्यासांची'को काममा व्यस्त हुनेछन् ।  यी दुईको पहिलो भेट २००९ मा फिल्म 'ये माया चेसाव'को सेटमा भएको थियो । यो सामन्थाको पहिलो फिल्म थियो । नागा साउथ फिल्‍म इन्डस्‍ट्रीका सुपरस्‍टार नागार्जुनका छोरा हुन् ।