मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ऐश्वर्य’को प्रचारमा किन छैनन् केकी ?

फिल्मीखबर, काठमाण्डौ, 2017/10/07
 
नायक रमेश उप्रेतीको अभिनय र निर्माणमा तयार भएको फिल्म ‘ऐश्वर्य’ कात्तिक ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्ममा समावेश 'तिमी रोएको पल' बोलको गीतले अहिले बजारमा राम्रै चर्चा पाइरहेको छ । फिल्ममा रमेश उप्रेती, दीपिका प्रसाईँ, प्रशान्त ताम्राकार, केकी अधिकारीको मुख्य भूमिका छ । तर, निर्माण पक्षले फिल्मको फस्ट लुकदेखि गीत र टीजरमा नायिका केकी अधिकारीलाई लुकायो । ट्रेलरमा मात्र दर्शकले केकीलाई देख्न पाए । 
 
फिल्मको विशेष कार्यक्रमदेखि प्रचारको सामाग्रीमा खासै नअटाएकी केकी र निर्माण पक्षबीच कतै विवाद त छैन ? फिल्मका निर्देशक दीवाकर भट्टराई भन्छन्, 'फिल्मको गीत र ट्रेलर सार्वजनिक कार्यक्रममा उहाँ आफ्नै कामले व्यस्त हुनुहुन्थ्यो । तर, फिल्मको प्रचार-प्रसारमा उहाँ हिजोदेखि हिँडिरहनु भएको छ । फस्ट लुक पोष्टर र टीजरमा चाहिँ उहाँको सस्पेन्स भूमिका कारण नै देखाउन सकेनौं ।' केकी अहिले आफ्नै लगानीमा निर्माण हुन लागेको फिल्मको काममा व्यस्त भएका कारण पनि उनले ‘ऐश्वर्य’को प्रचारमा समय दिन नसकेको स्रोत बताउँछ । 
 
तर, जे होस् केकी फिल्मको प्रचार-प्रसारमा नहिँड्दा यसको फाइदा नव-नायिका दीपिका प्रसाईँलाई भएको छ । केकी प्रचारमा राम्रै उत्रिएको भए दीपिका छाँयामा पर्ने पक्का थियो । अहिले दीपिका मिडियामा होस् वा फिल्मको प्रचार सामाग्री जताततै राम्रै छाइरहेकी छिन् । यो फिल्ममा दीपिका र रमेश उप्रेतीको केमेष्ट्री देख्न सकिन्छ । 
 
सुदीप बरालले खिचेको यो फिल्ममा रमेश, प्रशान्त, दीपिका र केकीका अलावा निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतका कलाकारहरुको पनि अभिनय छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । यो फिल्मको कथा निर्देशक भट्टराई आफैले लेखेका हुन् ।