दक्षिण भारतीय अभिनेता प्रभास एकाएक ‘बाहुबली’ बनेर चर्चित बने । प्रभासलाई अहिले भारतमा तीन खानभन्दा पनि ठूला स्टारका रुपमा हेर्न थालिएको छ । यससँगै उनको फ्यान फलोइङ पनि ब्यापक बन्दै गएको छ ।
‘बाहुबली’ फिल्म फ्रेन्चाइजीबाट दुनियाँभरमा चर्चित भएका अभिनेता प्रभासले ‘बाहुबली’ को छवि तोड्न नचाहेको बताएका छन् । एक अन्तर्वार्ताको क्रममा उनले भने, “म यो छविलाई ताड्न चाहन्न । यस्तो अवसर जीवनमा एक पटक मात्र मिल्छ । मलाई यो अवसर मिल्यो र यसलाई आफ्नो साथ जीवनभर बचाएर राख्न चाहन्छु ।”
उनले अगाडि भने, “यो आश्चर्यजनक घटना हो, जुन मेरो जीवनमा घट्यो । कहिले-कहिले आश्चर्यचकित हुन्छ कि म 'बाहुबली'को मुख्य पात्र थिएँ ।” यो फिल्ममा प्रभासका अलावा राणा दग्गूबाती, अनुष्का शेट्टी, राम्या कृष्णन, तमन्ना भाटिया र सत्यराज पनि मुख्य भूमिकामा थिए ।
फिल्मको सफलतापछि चर्चित भएका प्रभास अगाडि थप्छन्, “पूरै देशमा मलाई मानिसहरु चिन्दछन्, जसको मैले कल्पना पनि गरेको थिइनँ । हामीले सोचेका थियौ कि फिल्म राम्रो बनाउने छौ तर यति सफल हुनेछ भन्ने कुराको हामीले अनुमान पनि लगाएका थिएनौं ।”