Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

उपत्यका बाहिर ‘मेरो पैसा खोई ?’

फिल्मीखबर, काठमाण्डौ, 2017/10/06
 
असोज ११ गते फिल्म 'छक्का पन्जा २' सँग राजधानीमा प्रदर्शन आरम्भ गरेको फिल्म ‘मेरो पैसा खोई ?’ ले आज शुक्रवारबाट उपत्यका बाहिरका हलहरुमा आफ्नो प्रदर्शन सुरु गरेको छ । राजधानीमा प्रदर्शनको दोस्रो हप्ता पूरा गर्दैगर्दा ‘मेरो पैसा खोई ?’ ले शुक्रवारबाट मोफसलका हलहरुमा प्रदर्शन आरम्भ गरेको हो । 
 
प्रदर्शनको एक हप्ता अगाडि मात्र रिलिज डेट घोषणा गरेको ‘मेरो पैसा खोई ?’ 'छक्का पन्जा २' भन्दा व्यापारमा कमजोर भएपनि दर्शकहरुबाट भने फिल्मले उत्कृष्ट प्रतिक्रिया बटुलिरहेको छ । फिल्ममा सौगात मल्ल, वर्षा राउत, सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । यो फिल्मलाई रोज राणाले निर्माण र निर्देशन गरेका हुन् । 
 
फिल्ममा हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको छ । उमा केसी निर्माता रहेको फिल्ममा रुपक राना र रुपम राना सह-निर्माताको रुपमा रहेका छन् । काठमाडौंमा अपेक्षाकृत सफलता हासिल गर्न नसकेको यो फिल्मले मोफसलमा दर्शकको कस्तो साथ पाउँला त ? 
Most Visited News (monthly)