मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो छ ‘जुडवा २’ को ६ दिने कलेक्सन

फिल्मीखबर, काठमाण्डौ, 2017/10/05
 
बलिउड स्टार वरुण धवनको फिल्म ‘जुडवा २’ ले भारतीय बक्स अफिसमा तहल्का मच्चाएको छ । फिल्मलाई दर्शकको राम्रो साथ मिलेको छ । प्रदर्शनको ६ दिनमा फिल्मले ९० करोड ग्रस कलेक्सन गरेको ट्रेड एनालिस्ट तरण आदर्शले ट्विट गर्दै जानकारी दिएका छन् ।
 
तरण आदर्शका अनुसार, फिल्मले ६ दिनमा ९२.०२ करोड कलेक्सन गरेको छ । प्रदर्शनको पहिलो दिन १६.१० करोड, दोस्रो दिन २०.५५ करोड, तेस्रो दिन २२.६० करोड, चौँथो दिन १८ करोड, पाँचौ दिन ८.०५ करोड र छैठौं दिन ६.७२ करोडको विजनेश गरेको छ । 
 
घरेलू बक्स अफिसमा यो फिल्म कूल ३५ सय स्क्रिनमा प्रदर्शन भैरहेको छ । तापसी पन्नू र ज्याकलीन फर्नान्डिस फिल्ममा समारा र अलिश्का नामको यूवतीको भूमिकामा छन् । यो फिल्म फिल्म सलमान खानको १९९७ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘जुडवा’को सिक्वेल हो । फिल्मलाई वरुण धवनका पिता डेविड धवनले निर्देशन गरेका हुन् ।