मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

यसकारण चल्न सक्छ ‘रुद्रप्रिया’

फिल्मीखबर, काठमाण्डौ, 2017/10/05
 
कात्तिक २ गते लक्ष्मीपूजाको दिनबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षीत फिल्म ‘रुद्रप्रिया’ अहिले विभिन्न कारणले चर्चामा छ । गीत-संगीतले बजारमा मच्चाएको तहल्काले होस वा ८ वर्षपछि एकसाथ पर्दामा फर्किएका रेखा थापा र आर्यन सिग्देलको जोडीका कारण नै किन नहोस ‘रुद्रप्रिया’को चर्चाले सिनेबजार तातिरहेको छ । फिल्मको ट्रेलरले पनि अहिले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । 
 
फिल्म ‘रुद्रप्रिया’लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन । फिल्ममा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । सञ्जय लामा फिल्मका छायाँकार हुन् । रेखा फिल्मसको ब्यानरमा निर्माण भएको रेखा थापा प्रस्तुकर्ता रहेको फिल्म ‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् ।
 
‘रुद्रप्रिया’ चल्न सक्ने दुई कारण :-
 
रेखा र आर्यन सिग्देलको जोडी 
रेखा थापा र आर्यन सिग्देलको जोडी दर्शकले रुचाएको जोडी हो । 'किस्मत', 'हिफाजत' र 'कसले चोर्यो मेरो मन' जस्ता फिल्ममा रेखा र आर्यनको जोडीलाई दर्शकले रुचाए । दर्शकले रुचाएको यो जोडी झण्डै आठ वर्षपछि रुद्रप्रिया मार्फत फर्किएको छ । रेखा र आर्यनकै कारण ‘रुद्रप्रिया’ चल्ने चलचित्रकर्मीहरुले अनुमान लगाएका छन् । 
 
रेखा रुप 
प्रत्येक फिल्ममा नायिका रेखा थापाको नयाँ-नयाँ रुपको चर्चा हुने गर्छ । यस्तै, ‘रुद्रप्रिया’मा पनि रेखाको रुपको पनि चर्चा छ । पोस्टरमा आधा मुहार ढाकेकी रुद्रप्रिया प्रति कौतुहलता छ कि, उनको आधा मुहार किन ढाकियो ? यो सँगै रेखाको भूमिकाप्रति पनि दर्शकहरुको चासो बढ्दै गएको छ । अधिकांश फिल्ममा फिल्महरुमा गुण्डालाई कुट्ने रेखा रुद्रप्रियाको प्रोमोमा भने मौन देखिएकी छिन् ।