मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

बलिउड गायक अंकित तिवारीलाई नेपाली फिल्म 'रोमियो'को सपोर्ट

फिल्मीखबर, काठमाण्डौ, 2017/10/03
बलिउडका चर्चित पार्श्व गायक अंकित तिवारीले नेपालमा हुने भव्य कन्सर्टमा सहभागिता जनाउने भएका छन् । आफ्नो नयाँ म्यूजिक भिडियो प्रमोशनका क्रममा उनि २१ अक्टोबरमा चितवनमा आयोजना हुन लागेको भव्य कन्सर्टमा सहभागी हुन नेपाल आउन लागेका हुन् । 
 
अंकितले एक भिडियो सन्देश मार्फत आफू आफ्नो नयाँ म्यूजिक भिडियो 'तुम हर दफा'को प्रमोशनका लागि नेपाल आउन लागेको बताएका छन् । ज्याज इन्टरटेन्टमेन्ट र नविन उपाध्यायको आयोजनामा हुन लागेको यो कन्सर्टमा चर्चित गायक तिवारीले आफ्ना हिट गीतहरु गाउनेछन् । यो कन्सर्ट चितवनको क्याम्पस चौरमा आयोजना हुँदैछ ।
 
 
यो कार्यक्रममा नेपाली चलचित्र 'रोमियो'ले सपोर्ट गरेको छ । अंकितले आफ्नो भिडियो सन्देशमा 'रोमियो'को नाम लिदै आफ्नो कन्टर्समा सपोर्ट गरेको उल्लेख गरेका छन् । यो कार्यक्रममा चलचित्र 'रोमियो'का कलाकारले करिब १५ मिनेटको प्रस्तुती दिने निर्माता तथा नायक हसनराजा खानले जानकारी दिए । यो चलचित्र कात्तिक २४ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ ।
 
चलचित्रमा मेलिना मानन्धर, नीशा अधिकारी, हसनराजा खान, ओसिमा बनु लगायतका कलाकारको मुख्य भूमिका छ । हसनले भने-'अंकितको कन्सर्टमा हामी पनि जोडिएका छौ । दर्शकले हाम्रो प्रस्तुतीलाइ पनि मन पराइदिनुहुनेछ भन्नेमा विश्वस्त छौ ।'