मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूजा भन्छिन्, 'दशैंमा पिङ खेल्दा टाउको फुट्यो'

फिल्मीखबर, काठमाण्डौ, 2017/09/30
बर्षमा एक पटक आउने नेपालीहरुको महानपर्व बडादशैं उल्लासको साथ मनाईएको छ । परदेशमा बसेका नेपालीको भिड नेपालमा आ-आफ्नो घरमा छ ।
 
दशैंमा आफूभन्दा ठूलाको हातबाट टिका लगाउादै आशिर्वाद लिने परम्परा सबैका लागि विशेष हुने गर्छ । तर, नायिका पूजा शर्माका लागि यस वर्षको दशैं खासै रहेन । हजुरबुबाको निधन भएका कारण यस वर्षको दशैं उनी भारतको सिलगुढीमा घुमफिर गरेर मनाईरहेकी छिन् । फिल्म 'म यस्तो गीत गाउँछु'को सफलताबाट हषिर्त पूजा टिका लगाउन नभएपनि कसरी मनाईन् दशैं ? फिल्मीखबर डटकमले उनीसँग दशैं विशेष कुराकानी गरेको छ । 
 
१. दशैंको कस्तो भयो ? 
यस पटक जुठो लागेको छ । मेरो हजुरबुबाको निधन भएका कारण यस वर्ष टिका लगाउन मिलेन । यस पटकको दशैंमा घुम्नका लागि सिलगुढी आएँ ।
 
२. नायिकाको दशैं साधारण मानिसहरुको भन्दा कति फरक हुन्छ ? 
साधारण मानिस र नायिकाको दशैं मनाउने शैली फरक हुँदैन । जसरी अरुले दशैं मनाउँछन् हामीले पनि त्यसरी नै मनाउने हो । मात्र के फरक हो भने हामीले मनाएको दशैंप्रति सबैको चासो हुन्छ । 
 
३. दशैंमा सपिङ गर्न कति रमाइलो लाग्छ ? 
म दशैंकै लागि भनेर त खासै सपिङ गर्दिन । तर, परिवारसँग जाादा चाहिँ खुब रमाइलो हुन्छ । 
 
४. दशैंको कुन पक्ष राम्रो र नराम्रो लाग्छ ?
सबैभन्दा राम्रो पक्ष भनेको आफूभन्दा ठूलाको हातबाट टिका लगाउँदै आशिर्वाद लिने नै हो । नराम्रो भनेको चाहिँ धेरै ठाउँमा गाडी दुर्घटनामा परेको खबर आउाछ । दशैंमा मार-काट पनि मलाई राम्रो लाग्दैन ।  
 
६. दशैंमा मदिरा र तासमा कति रमाउनु हुन्छ ? 
म यो कुराबाट टाढा छु । म न मदिरा सेवन गर्छु न त तास नै खेल्छु । म परिवारसँग बसेर रमाइलो गर्न मन पराउँछु । 
 
 
७. बाल्यकालमा दशैं मनाउँदाको विर्सनै नसक्ने कुन घट्ना खुब याद आउँछ ? 
एउटा घट्ना छ जसले मलाई प्रत्येक दशैंमा याद दिलाउँछ । मलाई बाल्यकालमा रमाइलो र फटहा काम गर्न खुब मन लाग्ने । म दशैंको बेला मामाको घरमा गएको थिएा । त्यसबेला रोटे पिङ हुन्थ्यो । बच्चाहरुले धेरै खेले भनेर रोटे पिङ बाँधेर राखिएको थियो । मेरो हजुरबुबा गाउँको मुखिया हुनुहुन्थ्यो । म अनि दिदीहरुले जर्वजस्ती गएर पिङ खोलेर खेल्न थाल्यौ । खेल्दै गर्दा मेरो हजुरबुबा आउनु भयो । कसैले मलाई 'ए हजुरबुबा आउनु भयो' भनेर भन्यो । हजुरबुबा आउँदै हुनुहुन्छ भनेपछि म डरले थुरथुर भएँ । पिङ बेजोडले मच्काइहेको बेला मैले माथीबाटै हामफालें । भुईमा म नराम्रोसँग बजारिएँ । मेरो टाउको फुटेर रगताम्मे भएको थियो । त्यसको दाग अझै पनि छ । 
 
८. दशैंमा आर्शिवाद कि दक्षिणा प्यारो ? 
बाल्यकालमा त दक्षिणाका लागि लडाई नै हुन्थ्यो तर अहिले आशिर्वाद नै प्यारो हुन्छ ।