मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

यी हुन् सर्वाधिक टिकट बिक्रि हुने १० बलीउड फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2017/09/30
कुनै फिल्मलाई सुपरहिट वा फल्प भएको आँकलन गर्दा धेरैजसो बक्स अफिसमा फिल्मको प्रदर्शन र कमाईलाई आधार बनाइन्छ । कुनै फिल्म कति स्क्रिनमा रिलिज भयो र उक्त फिल्म हेर्न हलमा कति मानिस गए त्यसको बारेमा धेरै कम मानिसलाई मात्रै जानकारी र चासो हुन्छ ।
 
९० को दशकमा रिलिज भएका यस्ता कैयौं बलिउडमा फिल्म छन्, जो ब्लकबस्टर भए । तर, हामी यो प्याकेजमा ती फिल्मको सफलतालाई कमाईबाट होइन बरु टिकट बिक्रीको आधारमा बताउन गइरहेका छौं ।
 
 
यस्ता छन् टिकट बिक्रीका आधारमा बलिउडका सबैभन्दा सफल १० फिल्म:
१. 'हम आपके है कौन' (१९९४)
राजश्री प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्ममा सलमान खान र माधुरी दिक्षित मुख्य भूमिकामा थिए । यो फिल्म ब्लकबस्टर भयो र सलमानको सय करोड क्लबमा प्रवेश गर्ने पहिलो फिल्म बन्यो । यो फिल्मले कमाइमा मात्रै होइन् टिकट बिक्रीमा पनि रेकर्ड बनायो । यो फिल्मको ७ करोड ३९ लाख टिकट बिक्रि भएको थियो ।
 
२. 'शोले' (१९७५)
बलीउडको इतिहासकै सबैभन्दा सफल फिल्ममा 'शोले' धेरै चल्ने फिल्म मात्रै बनेन् कमाईको मामिलामा पनि धेरै नै अब्बल रहृयो । फिल्मको खास कुरा के हो भने यो फिल्मको एक-एक क्यारेक्टर र डाइलगलाई मानिसहरुले अझै सम्झिन्छन् । यो फिल्मको ५ करोड ५२ लाख भन्दा धेरै टिकट बिकेको थियो ।
 
३. 'बाहुबली-२' (२०१७)
कमाईमा किर्तिमान राखेको यो फिल्मको अहिलेसम्म ५ करोड ४० लाख टिकट बिक्रि भएको छ । प्रभास र अनुष्का सेट्टी अभिनित यो फिल्मले भारतीय २ हजार करोड कलेक्सन गरेको छ ।
 
४. 'गदरः एक प्रेमकथा' (२००१)
सन् २००१ मा आएको सन्नी देवल र अमिषा पटेल लगाएतका कलाकारको अभिनय रहेको यो फिल्मको ५ करोड १० लाख भन्दा धेरै टिकट बिक्री भएको थियो ।
 
५. 'दिलवाले दुल्हनियाँ ले जाएंगे' (१९९५)
आदित्य चोपडाको पहिलो निर्देशनको रुपमा सन् १९९५ मा आएको यो फिल्मलाई मानिसहरुले अझै पनि मन परााउछन् । शाहरुख खान र काजोलको अभिनय रहेको यो फिल्म त्यतिबेला ब्लकबस्टर भएको थियो । यो फिल्मको ४ करोड ८१ लाख भन्दा धेरै टिकट बिक्री भएको छ ।
 
६. 'राजा हिन्दुस्तानी' (१९९६)
सन् १९९६ मा आएको 'राजा हिन्दुस्तानी'मा आमिर खान र करिश्मा कपुरको मुख्य भूमिका थियो । ब्लकबस्टर यो फिल्मको ४ करोड १० लाख टिकट बिक्रि भएको छ ।
 
७. 'बोर्डर' (१९९७)
सन् १९९७ मा प्रदर्शनमा आएको 'बोर्डर' मा सन्नी देवोल, अक्षय खन्ना, सुनिल सेट्टी, ज्याकी श्रफ, तब्बु लगाएतका कलाकारको अभिनय रहेको छ । यो फिल्मको ३ करोड ७० लाख भन्दा धेरै टिकट बिक्रि भएको छ ।
 
८. 'दंगल' (२०१६)
सन् २०१६ मा प्रदर्शनमा आएको कुस्तीबाज महाविर सिंह फोगाटको जीवनीमा आधारित आमिर खानको 'दंगल' लाई सर्वाधिक कमाउने हिन्दी फिल्मको रुपमा लिइन्छ । यो फिल्मको ३ करोड ६९ लाख टिकट बिक्रि भएको छ ।
 
९. 'कुछ कुछ होता है' (१९९८)
शाहरुख खान र काजोलको अर्को हिट फिल्म 'कुछ कुछ होता है' सन् १९९८ मा प्रदर्शनमा आएको थियो । यो फिल्मको ३ करोड ५६ लाख भन्दा धेरै टिकट बिक्रि भएको छ ।
 
१०. 'बजरंगी भाईजान' (२०१५)
सलमान खानको सन् २०१५ मा आएको 'बजरंगी भाईजान'ले बक्स अफिसमा राम्रो कमाई मात्र गरेन सलमानको सधैं आलोचना गर्ने समिक्षकहरुले पनि यो फिल्मलाई मन पराए । यो फिल्मको टिकट ३ करोड ५४ लाख बिक्रि भएको छ ।