Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यूट्युबको ट्रेन्डिङ्ग १ मा 'फाटेको जुत्ता' ट्रेलर

फिल्मीखबर, काठमाण्डौ, 2017/09/30
फिल्म ‘फाटेको जुत्ता’ ट्रेलर यूट्यूबको नेपाल सँस्करणमा पहिलो स्थानमा आएको छ । सौगात मल्ल र प्रियंका कार्की स्टारर यो फिल्मको ट्रेलर यो समाचार तयार पार्दासम्म ३ लाख ५० हजार बढि भ्यूज सहित ट्रेलर पहिलो स्थानमा छ । 
 
ट्रेलर:

कार्तिक १७ गते रिलीज हुने यो चलचित्रको ट्रेलर कमेडी छ । यस चलचित्रमा सौगातले तराई क्षेत्रको एक यूवकको भूमिका निर्वाह गरेका छन् । अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’लाई निकेश खड्काले निर्देशन गरेका छन् ।
 
प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ ।
Most Visited News (monthly)