Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म 'रानी'को ट्रेलर रिलीज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/09/28
नेपाली फिल्म ‘रानी’को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलरमा त्रिकोणात्मक प्रेमकथामा खलपात्रको प्रवेशलाई देख्न सकिन्छ ।
 
ट्रेलर:
 
मलिना जोशी, सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठको अभिनय रहेको यो चलचित्रमा नायक अनुप बिक्रम शाहि यो फिल्ममा नेगेटिभ भूमिकामा छन् । त्रिकोणात्मक प्रेम कथामा अवरोध निम्त्याउने पात्रको अभिनय अनुपले गरेका छन् । फिल्मलाई दयाराम दाहालले निर्देशन गरेका हुन् । 
 
भानु महर्जन प्रस्तुतकर्ता रहेको यस फिल्मको कथा यम थापाले लेखेका हुन् । दयाराम दाहाल निर्देशित यस फिल्मलाई पुरुषोत्तम प्रधान, सिसन बानियाँ र मान कृष्ण महर्जनले छायांकन गरेका छन् । फिल्ममा विजय घिमिरेको संगीत, अर्जुन जिसीको सम्पादन, बिमल मान गुभाजुको निर्माण रहेको छ ।
 
 

 

Most Visited News (monthly)