मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दशैँ रिलीज: 'छक्का पञ्जा २' र 'मेरो पैसा खोइ'

फिल्मीखबर, काठमाण्डौ, 2017/09/27
२०७४ को वडा दशैँको अवसर पारेर दुई नेपाली फिल्म रिलीज भएका छन् । 'छक्का पञ्जा २' देशैभर र 'मेरो पैसा खोइ' राजधानीमा एकसाथ रिलीज भएका छन् भने 'मेरो पैसा खोइ' राजधानी बाहिर अर्को हप्ता रिलीज हुनेछ ।
 
'छक्का पञ्जा २' रिलीजसँगै देशैभरका हलहरुमा भिडभाड देखिएको छ भने 'छक्का पञ्जा २' भन्दा कम हलमा लागेको 'मेरो पैसा खोइ'मा पनि दर्शकको उपस्थिती छ । 'मेरो पैसा खोइ'ले रिलीजको अघिल्लो दिन गरेको बिशेष शोले तारिफ पाएको थियो । 'छक्का पञ्जा २' हेरेपछि चलचित्र मनोरञ्जनात्मक र सन्देश मुलक रहेको प्रतिक्रिया पाईएको छ ।
 
 
पहिलो भागमा नदेखिएका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल ‘छक्का पञ्जा २’को लिड कलाकारको रुपमा रहेका छन् । पढेपछि विदेश जान हतारिने युवा-युवती र बुवाआमाको जिम्मेवारी यो फिल्मले देखाउँछ । दीपाश्री निरौला निर्देशित चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ । कार्यकारी निर्माता विकास आचार्य हुन् । 
 
पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ ।
 
रोज राणाले निर्माण र निर्देशन गरेको 'मेरो पैसा खोइ'मा यौन व्यावसायमा संलग्न महिलाहरुको कथा छ । फिल्ममा सौगात मल्ल, वर्षा राउत, छुल्ठिम गुरुङ्, सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको छ ।