मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाल्यकालमा आशिर्वाद भन्दा दक्षिणा प्यारो: प्रदीप खड्का, नायक

फिल्मीखबर, काठमाण्डौ, 2017/09/26
नेपालीहरुको घर आँगनमा बडादशैंले पाइला राखिसकेको छ । तर, यस वर्षको दशैं युवा स्टार प्रदीप खड्कालाई भने विशेष छैन । आफ्नो अंकलको निधन भएका कारण प्रदीपको यस वर्षको दशैं आफन्त र साथी-भाईहरुसँग रमाइलो गरेर वित्दैछ । 
 
तास खेल्न नआउने प्रदीपलाई म्यारिज सिक्न खुब मन छ । उनी यस वर्षको दशैंमा म्यारिज सिक्ने बताउँछन् । 'प्रेमगीत' र 'प्रेमगीत २' बाट चर्चामा रहेका प्रदीपसँग फिल्मीखबर डटकमले दशैं विशेष कुराकानी गरेको छ । 
 
१. दशैं कसरी मनाउने तयारीमा हुनुहुन्छ ? 
यस पटक मेरो दशैं छैन भन्दा पनि हुन्छ । अंकलको निधन भएका कारण यस वर्षको दशैंमा खास विशेष छैन । तर परिवारसँग बसेर रमाइलो गर्ने सोचमा छु । 
 
२. बाल्यकालको दशैं कति रमाइलो हुन्थ्यो ? 
हाम्रो सानो परिवार । दशैंमा टिका लगाउन मामा घर मात्र गइन्थ्यो । वर्षमा एकपटक मामा घर जान पाउँदा निकै खुसी हुन्थें । अहिलेको दशैंभन्दा बाल्यकालको दशैं खुबै रमाइलो हुन्थ्यो । 
 
४. बाल्यकालमा आर्शिवाद प्यारो हुन्थ्यो कि दक्षिणा ? 
बाल्यकालमा त दक्षिणा नै प्यारो हुन्थ्यो । मेरो त बहिनीसँग प्रतिस्पर्धा नै हुन्थ्यो कसले कति पायो भनेर । छोराहरुलाई अलि कम दिने चलन भएका कारण बहिनीको भन्दा मेरो पैसा कम हुन्थ्यो । 
 
५. अहिलेसम्म सबैभन्दा धेरै दक्षिणा कति पाउनु भएको थियो ? 
त्यस्तो खासै याद त छैन तर १ हजारदेखि १ सय रुपैयाँसम्म पाएको छु । मामाले दशैंमा प्राय: मलाई हजार रुपैयाँ दिनु हुन्थ्यो । 
 
 
६. साधारण मानिसले मनाउने दशैं र एउटा स्टार नायकले मनाउने दशैंमा फरक हुन्छ ? 
मेरो विचारमा दशैं कसैको पनि फरक हुन्छ जस्तो लाग्दैन । किनभने दशैं मनाउने भनेको आफन्त र साथी-भाईहरुसँग हो । आफन्त र साथी-भाईले देखिरहेको मान्छेलाई के स्टार के न स्टार । उस्तै पर्‍यो भने त 'यहाँ आइज त त्यो खानेकुरा बोकेर ले त' भन्छन् । त्यसैले नायकको दशैं चाहिँ त्यस्तो फरक हुन्छ भन्ने लाग्दैन । मेरो परिवारमा फिल्मभन्दा बाहिरको मान्छे हुनुहुन्छ । त्यसैले उहाँका लागि म हिरो हो वा होइन भन्ने कुराले अर्थ राख्दैन । 
 
७. दशैंको मन पर्ने र मन नपर्ने पक्ष ? 
मन पर्ने पक्ष भनेको फ्रि भईन्छ । वर्षभरी काम र तनाव भैरहेको अवस्थामा सबै मानिस दशैंमा फ्रि हुन्छन् । साथी- भाईहरुसँग भेट्न पाइन्छ । यो बेलामा कसैले प्रेसर पनि दिँदैन । नराम्रो पक्ष भनेको चाहिँ दशैंमा शोअप गर्ने प्रवृति छ । तपाईले गरेको शोअपले कसैलाई पीडा भैरहेको हुन्छ । दशैंमा जाँड, रक्सी खाएर दुर्घटनाहरु पनि हुने गर्छन । दशैंमा काटमार हुने चलन पनि मलाई राम्रो लाग्दैन । 
 
८. दशैंमा तासमा कत्तिको रमाउनुहुन्छ ? 
मलाई तास खेल्नै आउादैन । मलाई फलाँस चाहि आउँछ तर अरु आउँदैन । मलाई म्यारिज सिक्न चाहिँ खुब मन छ । यो दशैंमा सायद सिक्छु होला । 
 
९. कहाँ-कहाँ जानुहुन्छ दशैंमा टिका लगाउन ? 
आफ्नो घर, मामा घर र हजुर बुबाको घर जाने गरेको छु । गाउँमा मेरो मामा र हजुबुबाको घर छ । यो पटकको दशैंमा टिका लगाउन नभएपनि मामा र हजुरबुबाको घर भने जाने सोच बनाएको छु । 
 
१०. माता दुर्गासँग आफ्नो र देशका लागि यो दशैंमा के माग्नुहुन्छ ? 
म त धेरै खुसी छु अहिले जे पाइरहेको छु । मलाई धेरै ठूलो आश केही पनि छैन । म अहिले जे छु त्यसैमा राम्रो होस् भन्ने भगवानसँग आर्शिवाद गर्छु । देशका लागि माता दुर्गासँग सम्पूर्ण नेपालीले आगामी दिनमा दुःख नपाओस्, जनतामाथि नेताको दया जागोस् भन्ने माग्छु ।