मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिलीजको पूर्वसन्ध्यामा ‘मेरो पैसा खोई ?’ बिशेष शो

फिल्मीखबर, काठमाण्डौ, 2017/09/26
रिलीजको पूर्वसन्ध्यामा नेपाली फिल्म ‘मेरो पैसा खोई ?’को बिशेष शो भएको छ । राजधानीको गोपीकृष्ण मूभिजमा मंगलबार साँझ चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थितीमा उक्त शो गरिएको हो ।
 
यो फिल्म असोज ११ मा उपत्यका र असोज २० मा मोफसलबाट प्रदर्शन हुँदैछ । मंगलबारको बिशेष शो बाट सकारात्मक प्रतिक्रिया पाएको यो फिल्म हेर्नेहरुले निराश नबनाएको बताएका छन् । फिल्म कमेडी जनरामा बनाईएको छ ।
 
रोज राणाले निर्माण र निर्देशन गरेको यो फिल्ममा यौन व्यावसायमा संलग्न महिलाहरुको कथा छ । सौगात मल्ल, वर्षा राउत, छुल्ठिम गुरुङ्, सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको छ ।