मिति : २०८१ वैशाख ३०, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१५० करोडको फिल्मबाट श्रुति बाहिरिइन्

एजेन्सी, मुम्बई, 2017/09/25
 
अभिनेत्री दिशा पटानी तमिल ऐतिहासिक ड्रामा फिल्म 'संघमित्रा'मा मुख्य भूमिका देखिने भएकी छिन् । भारतीय मिडियाका अनुसार, दिशाले श्रुति हसनलाई रिप्लेस गर्दै फिल्म साइन गरेकी हुन् ।  फिल्मसँग जोडिएका एक व्यक्तिले भने, 'दिशाले फिल्म साइन गरिसकेकी छिन् । निर्माताले यसको चाँडै घोषणा गर्दैछन् । यो भूमिका उनको जीवनभरका लागि यादगार हुनेछ ।' 
 
फिल्मको निर्देशन सुन्दर सीले गर्दैछन् र यसको निर्माण श्री थेनान्डल फिल्म्स कम्पनीले गर्दैछ । यो फिल्म तेलुगू र हिन्दीमा रिलिज हुनेछ । सुत्रले भन्यो, 'यो तमिलसँगै तेलुगूमा पनि निर्माण गरिनेछ तर हिन्दी संस्करणमा भने पूरै नयाँ कलाकार हुनेछन् ।' फिल्ममा जयम रवि र आर्या पनि मुख्य भूमिकामा देखिँदैछन् । यसमा ए.आर. रहमानले संगीत दिनेछन् । यो फिल्मको बजेट १५० करोड बताइएको छ ।