मिति : २०८१ वैशाख २९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङको ‘तान्द्रो’ ट्रेलर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2017/09/24
 
विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सबमा सहभागीता जनाइसकेको नेपाली फिल्म ‘तान्द्रो’को ट्रेलर रिलिज भएको छ । नेपालीहरुको महान पर्व बडादशैंको अवसर पारेर आइतवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । तात्कालिन माओवादी युद्धकालमा घटेका घटनालाई मुख्य आधार बनाउँदै निर्माण भएको फिल्म ‘तान्द्रो’मा दयाहाङ राईको मुख्य भूमिका छ । 
 
वि.सं २०६० साल चैत २८ गते लमजुङको छैलुङ गाउँमा तात्कालिन माआवादीको साँस्कृतिक टोलीलाई राज्य पक्षबाट खटिएका सुरक्षा फौजले आक्रमण गरेको थियो । उक्त टोलीलाई नेतृत्व गरिरहेका गंगाबहादुर लामा उर्फ कोशिशलाई सुरक्षा फौजले घुँडामा गोली हानेपछि उनले पाँच दिनसम्म पाएको पिडालाई ‘तान्द्रो’ मा मुख्य रुपमा उतार्न खोजिएको छ । कोशिशको भूमिकामा दयाहाङ प्रस्तुत भएका छन् । 
 
फिल्मको ट्रेलरसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङले ‘तान्द्रो’ कात्तिक २४ गतेबाट प्रदर्शनमा आउने जानकारी दिए । पुरुषोत्तम प्रधानको छायांकन, कुमार महर्जनको द्वन्द्व, आधा सुरको संगीत, उपेन्द्र सुब्बाको कथा, रामबाबु गुरुङको संवाद रहेको फिल्मका निर्माता शतिस कुमार गौतम हुन् । 
 
फिल्ममा दयाहाङका अलावा रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई निश्चल बस्नेतको ब्ल्याक हर्स पिक्चर र रामबाबु गुरुङको सिनेमा आर्टले संयूक्त रुपमा निर्माण गरेको हो । 
 

ट्रेलर हेर्नुहोस् :-