मिति : २०८१ वैशाख ३०, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘मेला’ गीतमा सलोन र आमेषको गिलास रित्तियो

फिल्मीखबर, काठमाण्डौ, 2017/09/24
 
फिल्म ‘मेला’मा समावेश एक पार्टी गीत सार्वजनिक भएको छ । नेपालीहरुको महान पर्व बडादशैंको अवसर पारेर निर्माण पक्षले फिल्मको 'खाली हुँदै गयो गिलास' बोलको गीत सार्वजनिक गरेको हो । गीतमा गिलास रित्तिएको कुरा गरिएको छ । गीतमा विक्रम राइ र शशी रावलको स्वर रहेको छ भने अर्जुन पोखरेलको शब्द तथा संगीत सुन्न सकिन्छ । 
 
गीतको भिडियोमा फिल्मका मुख्य तीन कलाकार सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीलाइ फिचरिङ गरिएको छ । पवित्रा आचार्यको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा दिव्य सुवेदीको छायांकन छ । फिल्ममा अष्ट महर्जनको द्धन्द्ध, हरी पन्तको स्टोरी, स्क्रिन प्ले र डाइलग रहेको छ । 
 
सलोन, आमेष र अशिष्माको अलावा फिल्ममा बसन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ । हरि पन्तको प्रस्तुतीमा तयार भएको यो फिल्मका निर्माता मनोज के मरोडिया हुन् । राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको फिल्म ‘मेला’ कात्तिक २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्मका निर्देशक बसन्त निरौला हुन् । 
 

गीत हेर्नुहोस् :-