मिति : २०८१ वैशाख ३०, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रुद्रप्रिया’ गीत : एकअर्का बिना बाँच्न नसक्ने आर्यन र रेखा

फिल्मीखबर, काठमाण्डौ, 2017/09/24
 
कात्तिक २ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको वर्षको प्रतिक्षीत फिलम ‘रुद्रप्रिया’को नयाँ गीत सार्वजनिक भएको छ । 'तिमी बाहेक अरु' बोलको गीतले नायिका रेखा थापा र नायक आर्यन सिग्देलको प्रेमभाव बोल्छ । गीतमा उनीहरु एकअर्का बिना बाँच्न नसक्ने बताउँदैछन् । सनुप पौडेल र अञ्जु पन्तको स्वर रहेको गीतमा अम्बिका शर्माको शब्द र अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ । प्रविन सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा आर्यन र रेखाको केमेष्ट्री गज्जबको देखिन्छ । 
 
फिल्म ‘रुद्रप्रिया’लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन । फिल्ममा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । सञ्जय लामा फिल्मका छायाँकार हुन् । रेखा फिल्मसको ब्यानरमा निर्माण भएको रेखा थापा प्रस्तुकर्ता रहेको फिल्म ‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् ।
 
नायक आर्यन सिग्देल र नायिका रेखा थापाले करिब ८ बर्षपछि एकसाथ फिल्म खेलेकाले पनि ‘रुद्रप्रिया’ प्रतिक्षामा छ । यसअघि लगातार नारीप्रधान फिल्ममा अभिनय गर्दै आइरहेकी नायिका रेखा थापाले ‘रुद्रप्रिया’ पनि नारी प्रधान रहेको बताइन् । यो फिल्ममा रेखा र आर्यनका अलावा राजन इशान, टिका पहारी लगायतका कलाकारहरु पनि अभिनय छ । 
 

गीत हेर्नुहोस् :-