Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जय लव कुश’ले दुई दिनमा कमायो ६५ करोड

एजेन्सी, मुम्बई, 2017/09/24
 
अभिनेता जूनियर एनटीआर अभिनित तेलुगू एक्सन फिल्म ‘जय लव कुश’ले विश्वभरबाट प्रदर्शनको दुई दिनमा ६५ करोडको विजनेश गरेको छ । बबी द्वारा निर्देशित ‘जय लव कुश’मा एनटीआर तीन भूमिकामा छन् । ट्रेड एनालिस्ट गिरीश जौहरले ट्विट मार्फत फिल्मको दुई दिने कलेक्सन सार्वजनिक गरेका हुन् । अभिनेता जूनियर एनटीआरको यो तेलुगू एक्सन फिल्मले दुनियाँभरमा रिलिजको दुई दिनमा अमेरिकामा तेस्रो सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ । 
 
फिल्ममा एनटीआर जय, लव र कुश गरि तीन भूमिकामा छन् । जयको भूमिका  नकारात्मक छ । फिल्मलाई मिलेको प्रतिक्रियाबाट उत्साहित एनटीआरले शुक्रवार ट्वीट गर्दै लेखेका छन्, “‘जय लव कुश’ लाई मिलेको मायाबाट म निकै खुशी छु । कलाकारलाई योभन्दा ठूलो सफलता अरु कुनै हुँदैन । ‘जय लव कुश’ को पूरा टिमको तर्फबाट तपाईहरुलाई धन्यवाद ।” कल्याणराम द्वारा निर्मित फिल्ममा निवेदा थोमस, राशी खन्ना र रोनीत रोय लगायतका कलाकारहरुको अभिनय छ । 
Most Visited News (monthly)