Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मेरो पैसा खोई ?’ गीत : वर्षासँग सौगातले कसे लगनगाँठो

फिल्मीखबर, काठमाण्डौ, 2017/09/23
 
असोज ११ गतेबाट प्रदर्शनमा आउने चर्चामा रहेको फिल्म ‘मेरो पैसा खोई ?’ को पहिलो गीत सार्वजनिक भएको छ । 'ओ कान्छी' बोलको गीतमा नायक सौगात मल्ल बेहुला र नायिका वर्षा राउत बेहुलीको भेषमा सजिएका छन् । गीतको भिडियोमा सौगातले वर्षासँग लगनगाँठो कसेका छन् । प्रमोद खरेल र मेलिना राईको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द छ । गीतको भिडियोमा फिल्मको प्रदर्शन मिति भने उल्लेख गरिएको छैन । तर, वितरक सुनिल मानन्धरले ‘मेरो पैसा खोई ?’ असोज ११ गतेबाट प्रदर्शनमा आउने दाबी गरेका छन् । 
 
फिल्मलाई रोज राणाले निर्माण र निर्देशन गरेका हुन् । सौगात र वर्षाका अलवा फिल्ममा सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । रोज राणाले फिल्मको निर्देशन सम्हाल्नु अगाडि मेरो पैसा खोई ? लाई बलिउडको सफल फिल्म 'भुतनाथ'का निर्देशक विवेक शर्माले निर्देशन गर्ने पक्का भएको थियो । तर, विवेकले १६ दिनसम्म खिचिएको फिल्मको सबै फुटेज डिलेट गरेर भारत भागपछि रोजले यो फिल्म निर्देशन गरेका हुन् । 
 
फिल्ममा हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको छ । उमा केसी निर्माता रहेको फिल्ममा रुपक राना र रुपम राना सह-निर्माताको रुपमा रहेका छन् । यसअघि जय परशुराम निर्देशन गरेका रोजले ‘मेरो पैसा खोई ?’ कमेडी प्रधान फिल्म रहेको बताए ।
 

भिडियो हेर्नुहोस् :-

 

Most Visited News (monthly)