
बलिउड अभिनेता राजकुमार रावको फिल्म ‘न्यूटन’को ओस्कार २०१८ मा इन्ट्री मिलेको छ र सारा बलिउडले खुसी मनाएको छ । बलिउडका चर्चित व्यक्तिहरुले फिल्मको टिमलाई शुभकामना दिएका छन् । राजकुमारको यो फिल्म शुक्रवारबाट प्रदर्शनमा आएको छ । फिल्ममा राजकुमारका अलावा पंकज त्रिपाठी, अञ्जली पाटिल, रघुबीर यादव, दानिश हुसैन र संजय मिश्राको पनि अभिनय छ ।
ओस्करमा ‘न्यूटन’को भिडन्त स्वीडनको फिल्म 'द स्क्वायर', जर्मनीको 'इन द फेड', कम्बोडियाको 'फर्स्ट दे किल्ड माई फादर', पाकिस्तानको 'सावन'सँग हुनेछ । ९० औं एकेडेमी अर्वाड्सको आयोजना ४ मार्च २०१८ मा हुँदैछ । उत्कृष्ट रिभ्यू मिलेको फिल्ममा राजकुमार राव एक यस्तो यूवकको निर्वाहा गरेका छन्, जो आदर्शवादी व्यक्ति हुन् र आफ्नो राम्रो व्यवहारबाट समाजलाई बदल्न चाहन्छन् ।
यो फिल्मका निर्देशक अमित वी. मसूरकर हुन् । फिल्म हेरेपछि अमिताभ बच्चनदेखि आलिया भट्टसम्मले अभिनेता राजकुमारको अभिनयको तारिफ गरेका छन् । अमिताभ बच्चनले त ट्विट गर्दै ‘न्यूटन’ले समाजको आँखा खोल्ने भन्दै सबैलाई हेर्न आग्रह गरेका छन् । राजकुमार रावले यसभन्दा अगाडि फिल्म 'ट्रेप्ड', 'बरेली की बर्फी'मा आफ्नो अभिनयबाट दर्शकको मन जितिसकेका थिए । चाँडै उनी ऐश्वर्या राय र अनिल कपूरसँग फिल्म 'फन्ने खान'मा देखिँदैछन् ।

