मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रोमियो’को ‘ल्याङ ल्याङ’ गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2017/09/22
 
फिल्म ‘रोमियो’ ले फेरि नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । कात्तिक १७ गतेबाट रिलिज हुने भनिएको यो फिल्म अब कात्तिक २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने निर्माता तथा नायक हसनराजा खानले बताए । फिल्मको नयाँ प्रदर्शन मिति घोषणासँगै ‘ल्याङ ल्याङ’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । यो गीतको अडियो यसअघि नै हिट भैसकेको थियो । 
 
सहिमा श्रेष्ठ र सुनिल पाण्डेको स्वर, सुनिलकै संगीत रहेको यो गीतको भिडियोका कोरियोग्राफर गम्भिर बिष्ट हुन् । ८० जना भन्दा बढी कोरसका साथमा फिल्मका मुख्य नायक हसनराजा खान र नव–नायिका ओसिमा बनुसँग सार्वजनिक गीतमा नायिका अशिष्मा नकर्मी र नायक संजोग कोइरालाले पनि ठुम्का लगाएका छन् । अशिष्मा र संजोग यही गीतको भिडियोमा मात्र देखिनेछन् । यो गीतको ओर्जिनल भिडियो सार्वजनिक गर्दै निर्माता हसन खानले अब फिल्मको प्रचारलाई तिव्रता दिने भएका छन् । 
फिल्ममा हसनराज खान, मेलिना मानन्धर, नीशा अधिकारी, ओसिमा बनु, विष्णु प्रतापको मुख्य भूमिका छ । त्रिकोणात्मक प्रेम कथालाइ उठान गरेको फिल्ममा अष्ट महर्जनको एक्सन, साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन छ । शंकर कार्कीले फिल्मको निर्देशन गरेका हुन् । एचआरके प्रोडक्शनको निर्माणमा तयार भएको फिल्मका सह–निर्माता बिष्णु कार्की छन् । मिलन सापकोटा फिल्मका कार्यकारी निर्माता हुन् । 
 

भिडियो हेर्नुहोस् :-