मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिट हुँदै प्रियंकाको ‘चोली’

फिल्मीखबर, काठमाण्डौ, 2017/09/22
 
केहीदिन अगाडि राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको फिल्म 'फाटेको जुत्ता'मा समावेश ‘चोली’  बोलको गीतलाई अहिले युट्युबमा दर्शकहरुले निकै रुचाएका छन् । साढे तीन लाख 'भ्यू' पाइसकेको गीतलाई ४ हजार लाइक मिलेको छ । यसअघि फिल्मको पहिलो गीत 'आई एम सरी'ले पनि युट्युबमा २० लाख बढी 'भ्यू' पाइसकेको छ । 
 
गीतसंगीतका कारण पनि पछिल्लो समय नेपाली फिल्मले सुखद व्यापार गरिरहेको अवस्थामा ‘आई एम सरी’ र ‘चोली’ बोलको गीतले पनि कात्तिक १७ गतेबाट प्रदर्शनमा आउने 'फाटेको जुत्ता' लाई केही राहत दिने निर्माण पक्षको आश छ । ‘चोली’ बोलको गीतमा मिना निरौला र शंकर थापाको स्वर, शंकर थापाकै संगीत र डिपी खनालको शब्द रहेको छ । गीतका कोरियोग्राफर कविराज गहतराज हुन् ।
 
अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’लाई 'जिन्दगी रक्स'का निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ ।
 

भिडियो हेर्नुहोस् :-