मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलोन करिश्मालाई भन्दैछन्, -‘चन्द्रमा झैँ राम्री छौं’

फिल्मीखबर, काठमाण्डौ, 2017/09/22
 
मंसिर १५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको नायक सलोन बस्नेत अभिनित फिल्म ‘बाबु कान्छा’को पहिलो गीत रिलिज भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश ‘चन्द्रमा झैँ राम्री छौं’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीत फिल्म ‘कर्णविर’को रिमिक्स भर्सन हो । सलोन बस्नेत, मेलिना राई र ओम सुनारको स्वर रहेको गीतको रिमिक्स भर्सन सुनार आफैले तयार पारेका हुन् । 
 
क्लब डान्सको रुपमा प्रस्तुत गरिएको भिडियोमा सलोन बस्नेत, करिश्मा श्रेष्ठ ऋतिक शाही लगायतका कलाकारहरु फिचरिङ छन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै सलोन बस्नेतले ‘बाबु कान्छा’माथि आफ्नो ठूलो आशा र भरोसा रहेको बताए । फिल्मलाई सलोनका बुबा शोभित बस्नेतले निर्देशन गरेका हुन् । गीतमा टंक बुढाथोकी र लक्ष्मण 'शेष'को संगीत सुन्न सकिन्छ । 
 
रवि अधिकारी कार्यकारी निर्माण रहेको फिल्ममा सलोन, करिश्मा र ऋतिकका अलावा एसलिन ज्ञवाली, ज्योत्सना सापकोटा, सरोज खनाल, नीर शाह, राजाराम पौडेल, लय संग्रौला, मञ्जु पौडेल, सुशान्त श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । दीपेन्द्र तिमल्सिनाको नृत्य निर्देशन रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् । सन्तोष राज भण्डारी र सुजन घिमिरे सह-निर्माण रहेको फिल्मको कथा निर्देशक बस्नेत आफैले लेखेका हुन् । 
 

गीत हेर्नुहोस् :-