मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्ती छिन् ‘ऐश्वर्य’ ?

फिल्मीखबर, काठमाण्डौ, 2017/09/22
 
कुनै कलाकार यस्ता हुन्छन्, जसको चर्चा फिल्म रिलिज अगाडि नै गज्जबले हुने गर्छ । यस्तै एक नव- नायिका हुन् दीपिका प्रसाईँ । उनी अभिनित पहिलो फिल्म ‘ऐश्वर्य’ कात्तिक ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्ममा उनले सुपर मोडलको भूमिका निर्वाहा गरेकी छिन् ।
 
गएको महिना सार्वजनिक भएको फिल्ममा समावेश 'तिमी रोएको पल' बोलको गीतबाट उनको सुन्दरताको तारिफ भएको थियो । हालैमा फिल्मको ट्रेलर सार्वजनिक भयो । ट्रेलरमा दीपिकालाई पाउन रमेश उप्रेती र प्रशान्त ताम्राकार बिचको टक्कर देख्न सकिन्छ । 
 
 
बिहीवार राजधानीमा फिल्मको ट्रेलर रिलिज कार्यक्रममा बोल्ड अवतारमा उपस्थित भएकी नायिका दीपिकामाथि सबैको आँखा अडिएका थिए । नायिका केकी अधिकारी विरामी भएका कारण कार्यक्रममा उपस्थित नहुँदा मिडियाका क्यामेरामा दीपिका राम्रै छाइन् ।
 
फिल्म ‘ऐश्वर्य’ राम्रो बनेको बताउँदै गर्दा उनलाई पत्रकारले प्रश्न गरे, 'फिल्ममा तपाईका लागि रमेश उप्रेती र प्रशान्त ताम्राकारको टक्कर देख्न सकिन्छ । रियल लाइफमा चाहिँ तपाईको प्रेमी रमेश र प्रशान्तमध्ये कस्तो होस् भन्ने चाहनुहुन्छ ?' उनले उत्तर दिँदै भनिन्, 'दुई जनाकै स्वभाव मिक्स भएको होस् । उनले केही लजाउँदै अगाडि भनिन्, 'त्यस्तो केटा सही समय आएपछि फेला पर्ला नि होइन !'
 
 
फिल्ममा दीपिकाले ‘ऐश्वर्य’को भूमिका निर्वाहा गरेकी छिन् । फिल्म ‘ऐश्वर्य’ हिट भएको खण्डमा दीपिकाको पनि भाग्य चम्किने पक्का छ । डेब्यू फिल्म रिलिज नहुँदै दीपिकालाई अहिले संभावना बोकेको नायिकाको रुपमा हेरिन थालिएको छ । फिल्म ‘ऐश्वर्य’लाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् ।