मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऐश्वर्याले अब इन्टिमेट सिन नदिने

एजेन्सी, मुम्बई, 2017/09/22
 
ऐश्वर्या राय बच्चनको नयाँ फिल्म 'फन्ने खान' हो । यसमा उनी अनिल कपूर र राजकुमार रावसँग देखिँदैछिन् । तर, यो फिल्ममा ऐश्वर्यले सबै नगर्ने फैलासा गरेकी छिन्, जुन उनले आफ्नो पछिल्लो फिल्म 'ऐ दिल है मुश्किल'मा गरेकी थिइन् । 'ऐ दिल है मुश्किल'मा रणबीर कपूर र ऐश्वर्या राय बच्चनको इन्टिमेट सिन निकै चर्चामा रहेको थियो । ऐश्वर्याको इन्टिमेट सिनबाट ससुरा अमिताभ बच्चन पनि रिसाएको खबर छ । 
 
मिडिया रिपोर्ट्सका अनुसार, ऐश्वर्यले फिल्म 'फन्ने खान'मा राजकुमार रावसँग इन्टिमेट सिन दिन इन्कार गरेकी छिन् । ऐश्वर्या अहिले हरेक एक सिनलाई लिएर निकै सर्तक छिन् । अनिल कपूर र ऐश्वर्याले फिल्मको सुटिङ सुरु गरिसकेका छन् भने राजकुमार राव नयाँ फिल्म 'न्यूटन'को रिलिजपछि आफ्नो शेड्यूल शुरू गर्दैछन् । 
 
'फन्ने खान'मा ऐश्वर्या राय बच्चन आफ्नो उमेरभन्दा १० वर्ष कान्छा राजकुमार रावको अपोजिटमा देखिँदैछिन् । रावले एक अन्तर्वार्ताको क्रममा ऐश्वर्यासँग आफ्नो पहिलो भेट मेलबर्न इन्टरनेशनल फिल्म फेस्टिवलमा भएको बताएका छन् । यो फेस्टिवलमा रावलाई फिल्म 'ट्रयाप्ड'का लागि बेस्ट एक्टरको सम्मान दिइएको थियो । अब राव विश्व सुन्दरी ऐश्वर्यासँग काम गर्न निकै उत्साहित छन् ।