मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली हलमा बंगाली फिल्म ‘यति’

फिल्मीखबर, काठमाण्डौ, 2017/09/22
 
प्रत्येक हप्ताको शुक्रवार एकभन्दा बढी फिल्मको भिडन्त हुने शिलशिलाले यो हप्ता विश्राम लिएको छ । गएको हप्ता पल शाह र आँचल शर्मा अभिनित फिल्म 'जोनी जेन्टलम्यान' रिलिज भएको थियो । तर, यो हप्ता कुनैपनि नेपाली फिल्म हलमा लागेका छैनन् । यही बुधवारबाट वर्षको प्रतिक्षीत दुई फिल्म 'छक्का पन्जा २' र 'मेरो पैसा खोई' प्रदर्शनमा आउने भएपछि बाँकी ५ दिन हलमा वचश्र्व जमाउन अन्य नेपाली फिल्म प्रदर्शनमा नआएका हुन् । अबको ५ दिन पनि फिल्म 'जोनी जेन्टलम्यान'ले नै हलमा आफ्नो कब्जा जमाउनेछ । 
 
नेपाली फिल्म प्रदर्शनमा नआउने भएपछि नेपाली भाषामा डब गरिएको बंगाली फिल्म ‘यति’ प्रदर्शनमा आएको छ । गोपिकृष्ण मुभिजले यसलाई देशव्यापी व्यवसायिक रिलिज गरेको हो । प्रजनजित चटर्जी स्टारर यो फिल्मलाई भारतको एसभीएफ इन्टरटेनमेन्टको निर्माण गरेको हो । सुनिल गंगोापाध्याको उपन्यास 'टेरर अन दी माउन्टेन पिक'मा आधारित यो फिल्मलाई एड्भेन्चर जनरामा राखिएको छ । 
 
नेपाली कलाकारहरुको पनि अभिनय रहेको फिल्मले रहस्यमय हिम मानव यतिको अस्तित्व खोजीका लागि हुने अनुसन्धान र मानवीय संघर्ष भन्छ । यो पहिलो थ्रीडी बंगाली फिल्म समेत हो । मेगा बजेटको यो फिल्म दशैंलाई लक्षित गर्दै नेपाल र भारतमा एकसाथ प्रदर्शन भएको हो । यो फिल्म नेपालका मल्टिप्लेक्समा मात्र रिलिज भएको छ । यो हप्ता बलिउड अभिनेता राजकुमार राव अभिनित फिल्म 'न्यूटन' ले आफ्नो प्रदर्शन आरम्भ गरेको छ ।
 
‘यति’को ट्रेलर हेर्नुहोस् :-