मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘पहिचान’मा मरिष्का र आकाशको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2017/09/21
 
फिल्म ‘पहिचान’मा नायिका मरिष्का पोखरेलसँग नायक आकाश श्रेष्ठको जोडी बाँधिएको छ । बद्रि कृष्ण श्रेष्ठको लेखन र निर्देशनमा बन्न लागेको फिल्ममा आकाशले मरिष्कासँग रोमान्स गर्न लागेका हुन् । यसअघि मरिष्काले 'के म तिम्रो होइन र' र 'चपली हाईट २' मा अभिनय गरेकी थिइन् भने आकाश 'म त तिम्रै हुँ' फिल्मबाट नेपाली रजतपटमा भित्रिएका हुन् । उनले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग फिल्म 'तिमीसँग'मा पनि काम गरिसकेका छन् । 
 
तिहारपछि सुरु हुने फिल्मको अधिकांश छायांकन काठमाडौंमा हुनेछ । निर्देशक श्रेष्ठले फिल्मको विषयमा जानकारी दिँदै भने, 'फिल्ममा रोमान्स, प्रेम, द्धन्द्ध, कमेडी सबै कुरा हुनेछ । फिल्मले युवा पुस्ताको कथा बोल्छ ।' यसअघि 'बाचा बन्धन' र 'चिहान' फिल्म निर्देशन गरिसकेका बद्रिले फिल्म 'पहिचान'बाट आफ्नो थप पहिचान बन्ने पनि बताए । 
 
फिल्ममा आकाश र मरिष्काको अलावा रविन्द्र खड्का, अमन श्रेष्ठ, एञ्जल श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । लोकेन्द्र शाह निर्माता रहेको ‘पहिचान’मा रामेश्वर कार्कीको छायांकन, महाराज थापाको संगीत, अष्ट महर्जनको द्वन्द्व, कविराज गहतराजको नृत्य रहनेछ ।