मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पद्मावती’को फस्ट लुक सार्वजनिक

एजेन्सी, मुम्बई, 2017/09/21
 
अभिनेत्री दीपिका पादुकोणको मुख्य भूमिका रहेको फिल्म ‘पद्मावती’को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । निर्देशक संजय लीला भंसालीको निर्देशनमा बनेको फिल्मको फस्ट लुकमा नायिका दीपिका मात्र देखिएकी छिन् । फिल्ममा दीपिकाले रानी पद्मावतीको भूमिका निर्वाह गरेकी छिन् । 
 
केही दिन अगाडि खबर आएको थियो कि फिल्मको छायांकन सुस्त गतिमा भैरहेका कारण फिल्मको रिलिजमा ढिलाई हुन सक्छ । फस्ट लुक सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ । पोष्टरका अनुसार, फिल्म अर्को वर्षको १ डिसेम्बरमा प्रदर्शन हुनेछ । ‘पद्मावती’को सुटिङको क्रममा राजस्थानमा राजपूत करणी सेनाले फिल्मको विरोध गर्दै सेटमा तोडफोड गरेको थियो ।  
 
फिल्ममा दीपिकाको अलावा रणवीर सिंह, शाहिद कपूर लगायतका कलाकारहरुको अभिनय रहेको छ । शाहिदले फिल्ममा दीपिकाको श्रीमानको भूमिका निर्वाहा गरेका छन् । चर्चाका अनुसार, फिल्ममा रणवीर सिंह वाईसेक्सुअल नेचरको पुरुषको रुपमा देखिन सक्छन् । फिल्म 'बाजीराव मस्तानी' हिट भएपछि अब रणवीर-दीपिका संजय लीला भंसालीको यो दोस्रो पिरियड ड्रामा फिल्ममा देखिँदैछन् ।