मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

समिरको निर्देशनमा ‘आँ छु यायँ ?’ बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2017/09/20
 
जिमिगु सः फिल्म प्रोडक्शनले नयाँ प्रविधिको प्रयोग गर्दै ठूलो लगानीमा नेवारी फिल्म निर्माण गर्ने घोषणा गरेको छ । फिल्मका निर्माता प्रकाशलाल जोशीले ठूलो लगानीमा फिल्म ‘आँ छु यायँ ?’ निर्माण गर्न लागेको बताए । मंगलवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको औपचारिक निर्माण घोषणा गरियो । यो फिल्म ४० देखि ५० लाखको बिचमा निर्माण हुनेछ । 
 
फिल्म घोषणा कार्यक्रममा बोल्दै निर्माता जोशीले भने, 'पहिलो पटक ठूलो लगानी र क्यानभासमा नेपाल भाषा (नेवारी) फिल्म बनाउन लागेका हौ । ३० बर्षको अगाडिको नेवारी फिल्म र अहिलेको नेवारी फिल्म जस्ताको त्यस्तै भएको र परिवर्तन नभएको कारण परिवर्तनको लागि ‘आँ छु यायँ ?’ निर्माण गर्न लागेका हौ ।' फिल्मलाई निर्देशक समिर बलामीले निर्देशन गर्नेछन् । 
 
निर्देशक बलामीले आफूले नेवारी भाषा सबै नबुझेपनि फिल्मलाई न्याय गर्ने बताए । फिल्मका लागि अहिले कलाकारको खोजी भैरहेको छ । पोखरा, मनाङ, मुस्ताङ र काठमाडौं उपत्यकामा छायांकन हुने यो फिल्म नेपाली र नेवारी दुवै भाषामा निर्माण हुनेछ ।