मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छोटो चोली लगाउँदा प्रियंकामाथि सबैको ‘फोकस’

फिल्मीखबर, काठमाण्डौ, 2017/09/20
 
कात्तिक १७ गतेलाई प्रदर्शन मिति तय गरिएको वर्षको प्रतिक्षीत फिल्म ‘फाटेको जुत्ता’को दोस्रो गीत रिलिज भएको छ । 'आई एम सरी' बोलको गीतले युट्युबमा २० लाख भ्यू पाएको अवसर पारेर बुधवार राजधानीमा एक कार्यक्रमका बिच फिल्ममा समावेश 'चोली' बोलको गीत सार्वजनिक गरिएको हो । 
 
गीतमा मिना निरौला र शंकर थापाको स्वर, शंकर थापाकै संगीत र डिपी खनालको शब्द रहेको छ । गीतका कोरियोग्राफर कविराज गहतराज हुन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै नायिका प्रियंका कार्कीले 'चोली' गीत छायांकन गर्दाको दुःख सम्झिइन् । उनले भनिन्, 'चार दिनसम्म चर्को घाममा खुबै पसिना बगाएर गीत खिचेका थियौ । मिहिनेत अनुसारको गीत बनेको देख्दा खुशी लाग्यो ।' यस्तै, नायक सौगात मल्लले प्रियंकासँग गीतमा ठुम्का लगाउँदाको अनुभव सुनाए । उनले भने, 'प्रियंकाको अभिनय र नृत्यको म ठूलो फ्यान हुँ । प्रियंका जस्तो नाच्न त आउँदैन तर धेरथोर प्रयास गरेको छु ।' 
 
अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’लाई 'जिन्दगी रक्स'का निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका र सौगातका अलावा कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ ।
 

भिडियो हेर्नुहोस् :-