Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बागी २’ मा केस मुण्डन गर्दै टाइगर

एजेन्सी, मुम्बई, 2017/09/20
 
बलिउड अभिनेता टाइगर श्राफको नयाँ फिल्म ‘बागी २’ को सुटिङ सुरु भएको छ ।  यो वर्ष २०१८ को सबैभन्दा महंगो एक्सन फिल्म हुनेछ । टाइगर श्राफ आफ्नो अद्भुत एक्सन ‘बागी’ पछि एकपटक फेरि ‘बागी २’ मा देखाउँदैछन् । साजिद नाडियाडवालाद्वारा निर्मित ‘बागी २’ लाई फोक्स स्टार स्टूडियो र नाडियाडवाला ग्रान्डसन इन्टरटेन्मेन्टद्वारा प्रस्तुत गरिएको छ । यो फिल्म अर्को वर्षको २७ अप्रिलमा रिलिज हुनेछ । 
 
‘बागी २’ मा टाइगरले तालु खुइल्याउने (मुण्डन गर्ने) भएका छन् । पहिलो पटक टाइगरलाई यस्तो लुक्समा दर्शकले देख्नेछन् । मेमा रिलिज हुने फिल्मको पोष्टरमा टाइगरको पहिलो लुक्स बाहिरिने छ । यो फिल्मलाई अहमद खानले निर्देशन गर्दैछन् । फिल्ममा टाइगरको अपोजिटमा अभिनेत्री दिशा पटानी छिन् ।
Most Visited News (monthly)