मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लन्डनमा सलमानसँग सुष्माको जम्काभेट

फिल्मीखबर, काठमाण्डौ, 2017/09/20
 
फिल्म “लुट”को आईटम गीत “उध्रेको चोली” बाट चर्चित भएकी नायिका सुष्मा कार्की बिगत केही बर्षयता फिल्मी पर्दाबाट हराएकी छिन् भन्दा फरक पर्दैन । उनले फिल्ममा कुशल अभिनय गर्ने अभिनेत्री भन्दा पनि बोल्ड र सेक्सी अभिनेत्रीको छबि बनाएकी छिन् । फिल्म 'चलेछ बतास सुस्तरी'पछि सुष्माको चर्चा पनि ह्वात्तै सुस्ताएको छ । 
 
अहिले फिल्मभन्दा बढी विदेशमा हुने विभिन्न कार्यक्रममा उनी व्यस्त छिन् । हाल लन्डनमा रहेकी सुष्माले बलिउडका सुपरस्टार सलमान खानसँग प्रत्यक्ष भेट गरेकी छिन् । एक कलाकारको हौसियतले भन्दा पनि उनले फ्यान रुपमा सलमानसँग भेट गरेकी हुन् । लन्डनको बाटोमा सलमानसँग उनले दुई फोटो लिएकी छिन् । उनले आफ्नो फेसबुकमा उक्त फोटो पोष्ट गर्दै लेखेकी छिन्, 'माई लभ' । 
 
 
एक तश्वीर उनले सलमानको काँधमा आफ्नो शिर राखेर मज्जाले हाँसेकी छिन् भने अर्को तश्वीरमा सुष्माले सलमानको पाखुरा समातेकी छिन् । दुवै तश्वीरमा सलमानप्रति सुष्माको प्रेम झल्किन्छ । तर, उनले फेसबुकमा पोष्ट गरेको तश्वीरमा भने धेरै अश्लिल कमेन्ट आएका छन् । उनले पनि कमेन्टको जवाफमा दिँदै अश्लिल शब्द नै प्रयोग गरेकी छिन् ।