मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जन्मदिनमा ‘धुर्मुस’ले सुरु गरे चौथो ‘एकिकृत बस्ती’

फिल्मीखबर, काठमाण्डौ, 2017/09/20
 
आफ्नो जन्मदिनको अवसर पारेर हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले रौतहटको सन्तपुरमा ‘एकिकृत बस्ती निर्माण’ सुरु गरेका छन् । बुधवार बिहान सन्तपुरमा आयोजित कार्यक्रममा सिताराम र उनकी श्रीमती कुञ्जना घिमिरेले बस्ती निर्माणको शिलान्यास गरे । काभ्रेको पहरी बस्ती, सिन्धुपाल्चोकको गिरानचौर बस्ती र बर्दिबासको मुसहर बस्ती निर्माण गरिसकेका सिताराम कट्टेल र कुञ्जना घिमिरेले बुधवार चौथो नमुना बस्ती निर्माणको शिलान्यास गरेका हुन् । 
 
५ करोड ७५ लाखमा निर्माण हुने उक्त बस्ती माझी, मुसहर, हजाम र देशार समुदायका लागि बनाउन लागिएको सितारामले बताए ।  नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नंम्बर २ को सहकार्यमा फाउन्डेसनले उक्त एकीकृत नमुना बस्ती निर्माण हुन लागेको हो । बस्तीमा ४० वटा दुई तले घर निर्माण गरिनेछ ।
 
 
होमस्टेका रुपमा विकास गर्ने लक्ष्यसाथ निर्माण गरिन लागेको उक्त बस्तीमा एउटा भ्यू टावर पनि निर्माण गरिनेछ । करिब ४० परिवार रहेको दलितहरुका लागि निर्माण गरिन लागेको सो बस्तीमा एउटा सामुदायिक भवन, मन्टेश्वरी विद्यालय, स्वास्थ्य भवन र मन्दिर पनि बनाउने धुर्मुस–सुन्तली फाउन्डेसनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताइन् ।