Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.67/5.00)
Text size:-
+
-

‘छक्का पन्जा २’ सँगै आउने भयो ‘मेरो पैसा खोई’

फिल्मीखबर, काठमाण्डौ, 2017/09/19
 
असोज ११ गते फिल्म ‘छक्का पन्जा २’ रिलिज हुँदैछ । केहीदिन अगाडि यो मितिमा छविराज ओझा निर्मित फिल्म 'मंगलम' रिलिज हुने फाइनल भएको थियो । तर, आपसी सहमतीमा 'मंगलम' फागुनको पहिलो साता पुग्यो । 'मंगलम'ले असोज ११ गतेबाट हात झिकेपछि एकल रिलिजको मौका पाएको ‘छक्का पन्जा २’ सँग भिड्न अर्को फिल्म तयार भएको छ । प्रदर्शनको एकसाता मात्र बाँकी रहँदा फिल्म ‘मेरो पैसा खोई’ले असोज ११ गतेलाई प्रदर्शन मिति कन्फर्म गरेको छ । 
 
निर्माता तथा निर्देशक रोज राणा निर्देशित यो फिल्म असोज ११ गतेबाट पछाडि नहट्ने वितरक सुनिल मानन्धरले जानकारी दिए । यसअघि कात्तिक ९ गतेलाई ‘मेरो पैसा खोई’को प्रदर्शन मिति घोषणा गरिएको थियो । निर्देशक राणाले भोलीबाट फिल्मको प्रचार-प्रसार आक्रामक बनाउने बताए । फिल्मको ट्रेलर तयार भैसकेको छ । कमेडी प्रधान भनिएको फिल्म ‘मेरो पैसा खोई’मा सौगात मल्ल, वर्षा राउत, वुद्धि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारहरुको मुख्य भूमिका छ । 
 
रोचक कुरा त के छ भने असोज ११ गते प्रदर्शनमा आउन लागेको ‘मेरो पैसा खोई’ र ‘छक्का पन्जा २’ मा नायिका वर्षा राउत मुख्य भूमिकामा छिन् । अब एकै मितिमा वर्षाले आफैसँग भिडन्त गर्नेछिन् । ‘छक्का पन्जा २’ अहिले मोफसल टुरमा छ भने ‘मेरो पैसा खोई’ सम्पादन टेवुलमा छ । ‘छक्का पन्जा २’ ले रोजेको असोज ११ मा ‘मेरो पैसा खोई’ आउने भएपछि अहिले सिनेवृत राम्रै तरंगीत बनेको छ । 
Most Visited News (monthly)