मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पञ्चेबाजा’को इन्डक्ल्याप, सौगातलाई चाहियो श्रीमती

फिल्मीखबर, काठमाण्डौ, 2017/09/19
 
युवा पुस्तामाझ लोकप्रिय बनेका नायक सौगात मल्ल अहिले नयाँ फिल्म ‘पञ्चेबाजा’को छायांकनमा व्यस्त छन् । मंगलवार फिल्मको इन्डक्ल्याप दृश्य राजधानीको अनामनगरमा रहेको मण्डला थिएटरमा खिचियो । हातमा मलास बोकेका सौगातको पहिरन हेर्दा उनले फिल्ममा विकट गाउँको एक साधारण यूवकको भूमिका निर्वाहा गरेको स्पष्ट हुन्थ्यो । परालले छाएको सानो घरभित्र आमा र बुबालाई थुनेर सौगात चिच्चाउँदै थिए, ‘मेरो बिहे गर्दिनु पर्दैन ? मलाई चाहिँ नयाँ खाटमा सुत्न मन छैन होला ? मेरो मन चाहिँ के ढुंगाको हो ? मेरोभन्दा अगाडि बिहे गर्दिनेलाई जिउँदै जलाएर मार्छु ।’ 
 
घरभित्र थुनिएका सौगातको बुबाको भूमिका निर्वाहा गरेका देशभक्त खनाल भन्छन्, ‘ल ल ल तलाई पनि नयाँ खाट बनाइदिउँला । पहिला ढोका त खोल !’ सौगात झन झोकिँदै डाइलग भन्छन्, ‘अनि नयाँ खाटमा सुत्ने स्वास्नी चाहिँ कसले खोज्दिन्छ ?’ सौगातको संवादले छेवैमा बसेर टेक लिइरहेका निर्देशक घनश्याम लामिछानेको ओठमा मुस्कान छाउँछ । फिल्ममा सौगातका अलावा कर्मा, जस्मिन श्रेष्ठ, श्रृजना सुब्बा लगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
फिल्मीखबर डटकमसँग कुराकानी गर्दै निर्देशक लामिछानेले ‘पञ्चेबाजा’ कमेडी प्रधान फिल्म रहेको बताए । उनका अनुसार, फिल्ममा कर्मा र जस्मिनको प्रेममा सौगात भिलेन बनेर प्रस्तुत भएका छन् । निउ भेनस फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद छ भने कालिप्रसाद बाँस्कोटा र विकास चौधरीको संगीत रहेको छ । फिल्मका निर्माता राजेश शाही हुन् । 

तश्वीर : आर्यन विमली