मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

अभिनयमा अब्बल सलोन, तर हिरो बन्दा चलेनन्

मनिष अन्जान, काठमाण्डौ, 2017/09/19
 
नायक भुवन केसीको फिल्म 'नेपालीबाबु'मा बालकलाकारको भूमिका निर्वाह गर्दै अभिनय क्षेत्रमा आएका नायक सलोन बस्नेत पुराना निर्देशक शोभित बस्नेतका छोरा हुन् । बालकलाकारका रूपमा चार दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेका सलोन शिव रेग्मीद्वारा निर्देशित 'हामी तीन भाइ'पछि बालकलाकारको रुपमा देखिएनन् । त्यसपछि करिब आठ वर्ष अभिनय क्षेत्रबाट टाढिएका सलोनले फिल्म 'होस्टल' बाट फेरि अभिनयमा कमब्याक गरे । 
 
'होस्टेल'मा सलोनले नायक अनमोल केसीको साथीको भूमिका निर्वाहा गरेका थिए । 'होस्टेल'को व्यवसायिक सफलतापछि उनले फिल्ममा आफ्नो स्थान सुरक्षित गर्न 'एउटा साथी', 'आभाष', 'आधा पेज', 'लब सब'मा लिड नायकको रुपमा काम गरे । तर, नायक बनेर अभिनय गरेका यी कुनैपनि फिल्म चलेनन् । मुख्य भूमिकामा काम गरेका फिल्महरु लगातार असफल भैरहँदा उनले अनमोल केसी स्टारर फिल्म 'गाजलु'मा काम गरे । 'गाजलु'मा पनि सलोनले अनमोल केसीको साथी भएर काम गरेका थिए । 
 
अनमोल केसीको क्रेजले 'गाजलु' हेर्न फिल्म हलमा दर्शकको भिड लाग्यो भने सलोनको अभिनयले दर्शक बाँध्यो । त्यसपछि उनले 'ए मेरो हजुर २' मा फेरि नायक सलिनमान बनियाँको साथी भएर काम गरे । सलिन फिल्मका हिरो भएपनि सलोन बस्नेतले अभिनयको सबै तारिफ आफ्नो पोल्टामा पारे । नायक भएर पर्दामा आउँदा सधै असफल सलोन हिरोको साथीको भूमिकामा भने सबै हिट देखिएका छन् । 
 
सलोनमा दर्शकलाई हलसम्म तान्न सक्ने स्टारडम देखिएको छैन तर हलसम्म आएका दर्शकलाई भने उनी बाँधेर राख्न सिपालु छन् । 'ए मेरो हजुर २' हिट हुनुमा सलोनको मुख्य हात छ । फिल्ममा सलिनमानमाथि सलोन पूरै हाबी छन् । उनको कमेडी संवादले दर्शकलाई खल्लो महशुस हुन दिएन । तर किन मुख्य भूमिकामा अभिनय गरेका सलोनका फिल्म हिट हुँदैनन् ? यो प्रश्नले स्वयम सलोन आफैलाई नै सताइरहेको छ । मल्टिप्लेक्स होस वा सिंगल स्क्रिन हलसम्म दर्शक तान्न सलोन सफल भएका छैनन् । 
 
'ए मेरो हजुर २' पछि उनी अभिनित नयाँ फिल्म 'बाबु कान्छा' यही वर्षको मंसिर १५ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । बुबा शोभित बस्नेतको निर्देशनमा बनेको यो फिल्ममा सलोनको मुख्य भूमिका छ । 'बाबु कान्छा' चले सलोन हिरोको रुपमा चम्किने पक्का छ त्यसैले उनका लागि यो फिल्म अग्नी परिक्षा बनेको छ । आश गरौ, 'बाबु कान्छा'ले उनलाई हिट नायकको रुपमा पनि चम्काउनेछ ।