मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्स अफिसमा कमजोर कंगनाको ‘सिमरन’

एजेन्सी, मुम्बई, 2017/09/19
 
शुक्रवारबाट प्रदर्शनमा आएको बलिउडकी क्वीन कंगना रनौतको फिल्म ‘सिमरन’ ले कमजोर ओपनिङ गरेको छ । प्रदर्शनको चार दिनमा फिल्मले कुल १२ करोड ६ लाख ग्रस कलेक्सन गरेको छ । प्रदर्शनको पहिलो दिन २ करोड ७७ लाख, दोस्रो दिन ३ करोड ७६ लाख, तेस्रो दिन ४ करोड १२ लाख, चौथो दिन १ करोड ६ लाख कलेक्सन गरेको ट्रेड एनलिस्‍ट तरण आदर्शले ट्विट गर्दै जानकारी दिएका छन् । 
 
फिल्म भारतमा कुल १५ सय स्क्रिनमा प्रदर्शन भैरहेको छ । ‘सिमरन’ मा कंगना रनौतका अलावा सोहम शाह, ईशा तिवारी पांडे, अनीषा जोशी मुख्य भूमिका छ । फिल्मका निर्देशन हंसल मेहता हुन् । फिल्ममा कंगनाको अभिनयको सर्वत्र तारिफ भैरहेको छ । अभिनेत्री कंगनाले गुजराती प्रफुल्ल पटेलको भूमिका निर्वाहा गरेकी छिन् ।