मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमालाई नछाड्ने साम्राज्ञी

फिल्मीखबर, काठमाण्डौ, 2017/09/18
 
युवा पुस्तामाझ लोकप्रिय नाम हो साम्राज्ञी राज्यलक्ष्मी शाह । पहिलो फिल्मले नै उनलाई नसोचेको सफलता दिलायो । वर्ष २०७२ मा रिलिज भएको अनमोल केसी स्टारर फिल्म 'ड्रिम्स'बाट साम्राज्ञी नेपाली रजतपटमा भित्रिएकी हुन् । अहिले उनी 'इन्टु मिन्टु लण्डनमा' नामक फिल्मको छायांकनमा व्यस्त छिन् । 'ड्रिम्स'पछि साम्रज्ञी अभिनित दोस्रो फिल्म 'ए मेरो हजुर २' प्रदर्शनमा आइसकेको छ । लगातार दुई फिल्म हिट दिएकी साम्राज्ञीलाई अहिले स्टार नायिका समेत भन्न थालिएको छ । 
 
फिल्मबाट लगातार सफलता हासिल गरेकी साम्राज्ञीले परिवारबाट चाहिँ कस्तो सहयोग पाएकी छिन् ? उनका प्रशंसकहरु यो जान्न इच्छुक छन् । साम्राज्ञीकी आमा हुन् नेहा राज्यलक्ष्मी शाह । आमा-छोरी एकसाथ कतै देखिए भने धेरैले दिदी-बहिनी वा मिल्ने साथी भनेर अडकल काट्छन् । नेहा गायिका हुन् भने पिता मोडल हुन् । पिताको नाम महेश विक्रम शाह हो । साम्राज्ञीकी आमा नेहाले 'फुली खस्यो' बोलको गीत बजारमा ल्याइसकेकी छिन् । 
 
साम्राज्ञी जहाँ पुग्छिन् त्यहाँ आमा नेहा साथमा नै हुन्छिन् । नेहा विना साम्राज्ञीलाई मिडियाका क्यामेराले कमै भेटेका छन् । आइतवार फिल्म ‘प्रेमगीत २’ले सफल प्रदर्शनको ५१ औं दिनको अवसर पारेर मनाएको सेलिव्रेशन कार्यक्रममा पनि आमा नेहासँग साम्राज्ञी समात्दै उपस्थित भईन् । हेर्दा लाग्थ्यो साम्राज्ञी आफ्नो कोहिँ मिल्ने साथीसँग छिन् । 
 
सधै आमासँग मात्र देखिने साम्राज्ञीको बालापन अझै नगएको पो हो कि ? आमा-छोरीको मित्रताले यस्ता कानेखुसी पनि चल्ने गर्छन । हुनत, यही वर्षको मंसिरबाट साम्राज्ञी भर्खर २२ वर्षकी हुँदैछिन् । आमासँगको साथले नै साम्राज्ञीलाई फिल्ममा व्यस्त रहन परिवारबाट राम्रो सहयोग रहेको स्पष्ट हुन्छ । नेपालमा कमै यस्ता अभिनेत्री छन्, जो आमासँग प्राय देखिने गर्छन ।