मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बहुपती प्रथामा ‘सूर्योदय’ बन्ने, लागत ८ करोड

फिल्मीखबर, काठमाण्डौ, 2017/09/18
 
करीब ९ वर्ष अगाडि निर्माण घोषणा गरिएको नेपाली फिल्म ‘सूर्योदय’ ( The sunrise Sonam and her husband's) अब बन्ने भएको छ । हाल ‘कान्छी’ फिल्मको निर्देशनमा व्यस्त निर्देशक आकाश अधिकारीले यो फिल्म निर्देशन गर्नेछन् । ‘द स्काई मुभिज’द्वारा २०६५ सालमा ‘सूर्योदय’ निर्माणको घोषणा गरेको थियो । 'बहुपती' प्रथामा निर्माण हुने फिल्मको लागि खोज अनुसन्धान गर्दा लामो समय लागेकोले समयमै निर्माण गर्न नसकिएको निर्देशक अधिकारीले जानकारी दिए । 
 
एउटा घरमा रहेका सबै दाजुभाइले एकजना महिलासँग सामूहिक विवाह गर्ने प्रचलनलाई बहुपति प्रथा भनिन्छ । उत्तर पूर्वी डोल्पा र उत्तर पश्चिम मनाङ, मुस्ताङमा अझैपनि ‘बहुपती’ प्रथा कायमै छ । यो फिल्म निर्माणको लागि नेपालमा पहिलो पटक रेड क्यामरा भित्र्याइएको थियो ।
 
‘हामीले यस विषयबस्तुमा सिमित लगानीमा डकुमेन्ट्री बनाएको भए उहिले तयार गरिसक्थ्यौ । तर, लोप हुँदै गैरहेको ‘बहुपती’ प्रथालाई फिचर फिल्ममार्फत विश्वव्यापी रुपमा चिनाउन लामो समय लगाएका हौ । ८ देखि १० करोड बजेटमा ‘सुर्योदय’ निर्माण हुनेछ ।,’ अधिकारीले भने । ‘सुर्योदय’ निर्माण ढिलाई हुँदा उक्त रेड क्यामराबाट आकाशले ‘काठमाडौँ’ फिल्म खिचेका थिए ।
 
 
फिल्म निर्माणमा ‘द स्काई मुभिज’सँग स्वदेशी तथा विदेशी संघसंस्थाले सहकार्य गर्नेछन् । साथै, स्वदेश र विदेशका संघसंस्थाले यसको ‘कपीराइट’ प्रतिलिपी अधिकार सुरक्षित गरिसकेका छन् । ‘कान्छी’ निर्माण पछि २०१८ बाट ‘सुर्योदय’ निर्माणको थालनी हुनेछ । यसअगाडी यो फिल्म निर्माणको लागि अनुसन्धानमुलक भिडियो सामग्री बनिसकेको थियो ।