मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘किक–२’ मा सलमान र दीपिका

फिल्मीखबर, काठमाण्डौ, 2017/09/18
 
बलिउड अभिनेत्री दीपिका पादुकोणको लामो समय देखिको इच्छा अब पूरा हुने भएको छ । सलमान खानसँग दीपिकाले ‘किक–२’ मा अभिनय गर्ने भएकी छिन् । फिल्म ‘किक–२’ को सुटिङ यही वर्षको अन्त्यबाट सुरु हुनेछ भने सन् २०१९ को क्रिसमसमा रिलिज गर्ने तयारी छ । अहिले सलमान खान नयाँ फिल्म 'टाइगर जिन्दा है' र दीपिका नयाँ फिल्म 'पद्मावती'को काममा व्यस्त छिन् । 
 
यसअघि 'टाइगर जिन्दा है'मा सलमानसँग दीपिकाले काम गर्ने फाइनल भएको थियो । तर, त्यसबेला दीपिका नयाँ फिल्म 'पद्मावती'का लागि व्यस्त भएपछि सलमानले कैटरीना कैफसँग रोमान्स गरे । यसअघिको फिल्म ‘किक’मा ज्याकलिन फर्नान्डिजले मुख्य भूमिका निर्वाहा गरेकी थिइन् । यसको सिक्वेलमा भने ज्याकलिनलाई दीपिकाले रिप्लेस गरेकी छिन् । ज्याकलिन फिल्ममा नरहने निर्माण पक्षले बताएको छ ।