मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सुनकेसरी’ बनाउँदै ऋचा

फिल्मीखबर, काठमाण्डौ, 2017/09/18
 
यसै वर्षको जेष्ठ २६ गते नायिका ऋचा शर्मा निर्मित तथा अभिनित पहिलो फिल्म 'आधा लभ' प्रदर्शनमा आएको थियो । अर्पण थापा निर्देशित यो फिल्मले खासै कमाल गरेन । पहिलो फिल्मबाटै सफलता हात पारेकी नायिका ऋचाले फेरि फिल्म निर्माणमा हात हालेकी छिन् । ऋचाले अर्पणसँगको दोस्रो सहकार्यमा फिल्म ‘सुनकेसरी’ निर्माण गर्न लागेकी हुन् । हाल यो फिल्मको छायांकन अष्ट्रेलियामा भैरहेको छ । आइतबार सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको पोष्टर सार्वजनिक गरियो । 
 
ऋचा शर्मालाई फिल्म निर्माणमा अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेले साथ दिएका छन् । २ करोडको लगानीमा बन्न लागेको फिल्ममा ऋचा शर्मा, भीम न्यौपाने, रबिन्द्र झा लगायतका कलाकारले अभिनय गर्नेछन् । अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधी नै फिल्मको मुख्य कथा हो ।
 
 
पत्रकार सम्मेलनमा बोल्दै निर्देशक अर्पण थापाले फिल्मलाई प्रविधिक रुपमा निकै बलियो बनाउन लागिएको बताए । उनले भने, ‘नेपालमा हरर फिल्म हेर्ने दर्शकको संख्या ठूलो छ । तर, आजसम्म बनेका फिल्मले दर्शकका अपेक्षा पुरा गर्न सकेका छैनन् । हामीले त्यो ग्यापलाई पुरा गर्नेर्छौं । हरर फिल्म मनपराउने युवापुस्ताले यो फिल्मको अपनत्व ग्रहण गर्नेछन् ।’
 
फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी र अर्पण थापा छन् । फिल्मको सम्पूर्ण प्राविधिकहरु हलिउड र अष्ट्रेलियन चलचित्र क्षेत्रमा काम गरेका व्यक्तिहरु रहेको ऋचाले बताएकी छिन् । फिल्मको छायांकन दशै अगाडि नै सक्ने योजना राखिएको छ ।