मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सन्तोषले दिए प्रदीपलाई ५३ लाखको कार गिफ्ट

फिल्मीखबर, काठमाण्डौ, 2017/09/17
 
'प्रेमगीत' नायक प्रदीप खड्काको क्रेजको चर्चा पछिल्लो समय खुबै छ । अनमोल केसीपछि युवापुस्तामाझ प्रदीपले आफ्नो बलियो उपस्थिति जनाइसकेका छन् । 'प्रेमगीत'बाट चर्चामा आएका प्रदीप अभिनित तेस्रो फिल्म 'प्रेमगीत २' गएको साउन १३ गते प्रदर्शनमा आएको थियो । 'प्रेमगीत २' बाट स्टारको रुपमा आफूलाई उभ्याएका प्रदीपलाई 'प्रेमगीत' निर्माता सन्तोष सेनले ५३ लाखको कार गिफ्ट गरेका छन् । 
 
 
आइतवार 'प्रेमगीत २' ले सफल प्रदर्शनको ५१ औं दिनको अवसर पारेर आयोजना गरेको सेलिव्रेशन कार्यक्रममा निर्माताले रातो रंगको हुन्डाईको 'क्रेटा' कार गिफ्ट गरेका हुन् । फिल्मीखबर डटकमसँगको कुराकानीको क्रममा निर्माता सेनले उक्त कारको नेपाल मूल्य ५३ लाख रहेको बताए । उनले भने, 'मैले प्रदीपलाई वचन दिएको थिए कि 'प्रेमगीत २' हिट भए ३० प्रतिशत शेयर दिनेछु । त्यही वचन पूरा गर्दै मैले उक्त कार गिफ्ट गरेको हुँ ।' कार गिफ्ट पश्चात नायक प्रदीप खड्काले सन्तोष सेनलाई अंकमाल गर्दै धन्यवाद व्यक्त गरे । 
 
 
यसअघि प्रदीपले सन्तोष सेनकै निर्माणमा बनेको फिल्म 'प्रेमगीत'मा अभिनय गरेका थिए । सन्तोषकै लगानीमा निर्माण हुने भनिएको नयाँ फिल्म 'दीपेन्द्र सरकार'मा पनि प्रदीपको नै मुख्य भूमिका छ ।