मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘जोनी जेन्टलम्यान’को तीन दिने कलेक्सन करोड ग्रस

फिल्मीखबर, काठमाण्डौ, 2017/09/17
 
यस वर्षको बैशाखदेखि भाद्र पाचौँ सातासम्ममा दुई दर्जन फिल्म प्रदर्शनमा आइसकेका छन् । तर, ती मध्ये 'म यस्तो गीत गाउँछुु', 'प्रेमगीत २', 'ए मेरो हजुर २' र 'दुई रुपैयाँ'ले मात्र सुखद व्यापार गरे । यस्तैमा शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको नीतिन चन्द निर्देशित फिल्म 'जोनी जेन्टलम्यान'ले पनि सुखद ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन औसत व्यापार गरेको फिल्मले दोस्रो दिन भने सबैतिर हाउसफूल व्यापार गर्‍यो । फिल्मीखबर डटकमलाई फिल्मको तीन दिने कलेक्सन रिपोर्ट प्राप्त भएको छ । 
देशभर वितरणको जिम्मा लिएका वितरक सुनिल मानन्धरले 'जोनी जेन्टलम्यान'ले तीन दिनमा १ करोड ५ लाख ग्रस कलेक्सन गरेको जानकारी दिए । उनका अनुसार, फिल्मले प्रदर्शनको तीन दिनमा राजधानीबाट ५७ लाख र मोफसलबाट ४८ लाख कलेक्सन गरेको छ । 'फिल्मले प्रदर्शनको तीन दिनमा दर्शकको राम्रो साथ पाएको छ । प्रदर्शनको पहिलो दिन फिल्मले मोफसलबाट १७ लाख र राजधानीबाट १८ लाख कलेक्सन गर्‍यो भने दोस्रो दिन मोफसलबाट २७ लाख र राजधानीबाट २८ लाख रुपैयाँ व्यापार गरेको छ । यस्तै, तेस्रो दिन मोफसलबाट ४ लाख र राजधानीबाट ११ लाख रुपैयाँ कलेक्सन गर्दै फिल्मले कूल १ करोड ५ लाख रुपैयाँ कमाएको छ ।,' वितरक मानन्धरले भने । 
 
असोज ३ गते संविधान दिवसको सार्वजनिक विदा भएका कारण ‘जोनी जेन्टलम्यान’ लाई फाइदा पुग्ने विश्वास वितरक मानन्धरको छ । एन्ड्रियु पौडेलको निर्माणमा तयार भएको यो फिल्ममा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका छ । 
 
फिल्ममा रुपेश थापा, रामशरण उप्रेतीको छायांकन, पारस विक्रम शाह र देव महर्जनको द्वन्द्व, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको डाइलग, स्टोरी र स्क्रिप्ट छ । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्जु शाह सह-निर्माताको रुपमा रहेका छन् ।