मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनिता कता बेपत्ता ?

फिल्मीखबर, काठमाण्डौ, 2017/09/17
 
फिल्ममा पाइला राख्ने प्रत्येक कलाकारलाई आफ्नो डेब्यू फिल्मले ठूलो अर्थ राख्छ । डेब्यू फिल्म हिट भयो भने स्टार बन्न समय लाग्दैन नभए हराएको पनि कसैलाई पत्तो हुँदैन । यस्तै, एक नायिका हुन् अनिता आचार्य । जसलाई डेब्यू फिल्मले नै धोका दियो । फिल्म 'सरी ल'बाट नेपाली रजतपटमा भित्रिएकी अनिता अहिले हराए जस्तै छिन् । 'सरी ल'ले अनिताको करिअरलाई सरी भन्यो । त्यसपछि दोस्रो फिल्म गरिन् 'अलविदा' । तर, दोस्रो फिल्म पनि चलेन । 
 
आफू अभिनित फिल्म लगातार फल्प हुँदा एउटा कलाकारलाई कस्तो पीडा हुन्छ ? त्यो अनिताले धेरथोर महशुस गरेकी छिन् । दुवै फिल्म असफल भएपछि अहिले अनिता फिल्मी पर्दाबाट टाढा देखिएकी छिन् । अझ भनौ, अनिताको फिल्मी करिअर पूरै सुस्ताएको छ । पछिल्लो समय फाट्ट-फुट्ट मात्र उनलाई सार्वजनिक कार्यक्रममा देख्ने गरिन्छ । ३ हप्ता अगाडि उनी फिल्म 'ए मेरो हजुर २' को प्रियिमरमा देखिएकी थिइन् । 
 
 
'अलविदा'मा नायक आर्यन सिग्देलसँग रोमान्स गर्दापनि भाग्य नचम्किएपछि अनिताको हातमा अहिले स्क्रिप्ट थमाउन निर्माताहरु उनको घरको दैलोसम्म पुगेका छैनन् । 'सरी ल' र 'अलविदा' मध्ये एउटा मात्र फिल्म हिट भएको भएपनि अनितालाई ठूलो राहत मिल्ने थियो तर दुवै फिल्मले हावा खाए । प्राप्त जानकारी अनुसार, अहिले अनिता आफ्नो अध्ययनमा व्यस्त छिन् । के फेरि उनी फिल्ममा फर्किन्छिन् ? त्यो भने हेर्न बाँकी छ ।