Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ह्याप्पी बर्थ डे’ भुवन केसी र दीलिप रायमाझी

फिल्मीखबर, काठमाण्डौ, 2017/09/17
 
फिल्म क्षेत्रका दुई अभिनेता भुवन केसी र दीलिप रायमाझी आज एकैदिन (असोज १ गते) जन्मदिन मनाउँदैछन् । अहिले दुवै सुपरस्टार अमेरिकामा छन् । एक अवार्डमा सहभागी हुन छोरा अनमोल केसीसँग अमेरिका पुगेका भुवन केसी दशैँ मनाएर मात्र नेपाल फर्किने तयारीमा छन् भने दीपिल रायमाझी स-परिवारसहित झण्डै २ वर्षदेखि अमेरिकामा छन् । भुवन केसी र दीलिप रायमाझीले यस वर्षको आफ्नो जन्मदिन अमेरिकामा नै मनाउनेछन् । 
 
६१ वर्षमा प्रवेश गरेका भुवन केसीले सय भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । सम्झना, कुसुमे रुमाल, साइनो, सपना, कन्यादान, चिनो लगायत फिल्ममा अभिनय गरेका केसी पछिल्लो समय सफल निर्माताको रुपमा चिनिन्छन् । करोडपति, नेपाली बाबु, सुपरस्टार लगायत फिल्ममा लगानी समेत गरेका भुवनले फिल्म 'ड्रिम्स'बाट निर्देशनमा पनि हात हाले । नायक, निर्माता र निर्देशनमा पनि आफूलाई हिट सावित गराएका भुवनका छोरा अनमोल केसी अहिलेका सुपरस्टार हुन् । 
 
यस्तै, नायक दीलिप रायमाझी एक समयका चर्चित नायक हुन् । तर, पछिल्लो समय आफू अभिनित फिल्महरु असफल हुन थालेपछि उनी अमेरिकामा स-परिवारसहित रहँदै आएका छन् । आफ्नो मान्छे, दर्पणछाँया, निशाना, तकदिर, पालेदाई लगायतमा फिल्ममा अभिनय गरेका दीलिप आफ्नो उमेर भने बताउन चाहन्नन् ।
 
 
दुई रंगपत्रकारको पनि आज ‘ह्याप्पी बर्थ डे’
 
दुई रंग पत्रकारद्वय सुब्रत आचार्य र सन्दिप सापकोटाको पनि आज ‘ह्याप्पी बर्थ डे’ परेको छ । लामो समय देखि रंग पत्रकारिता गर्दै आएका उनीहरु कलाकार पनि हुन् । कान्तिपुर साप्ताहिकमा लामो समयदेखि कार्यरत सुब्रतले 'कलिउड', 'नसिब आफ्नो' लगायत थुप्रै फिल्ममा अभिनय गरिसकेका छन् भने दुई दर्जन भन्दा बढि म्युजिक भिडियोको निर्देशन समेत गरिसकेका छन् । उनी निर्देशित पहिलो फिल्म 'अर्धकट्टी' गएको वर्ष प्रदर्शनमा आएको थियो । 
 
यस्तै, प्रमुख खलपात्रको भूमिकामा सन्दिपले फिल्म 'के म तिम्रो साथी बन्न सक्छु'मा अभिनय गरेका थिए । 'माया त माया हो'बाट अभिनय यात्रा शुरू गरेका उनी अहिले चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष पनि हुन् । उनले लामो समय नेपाल टेलिभिजन प्लसबाट प्रशारण हुने 'चित्रलहर' कार्यक्रम पनि सञ्चालन गरेका थिए । अहिले उनी 'सिनेखबर डटकम'का प्रधान सम्पादक हुन् । 
 
भुवन, दीलिप, सुब्रत सन्दिपलाई फिल्मीखबरको तर्फबाट ‘ह्याप्पी बर्थ डे’ !
Most Visited News (monthly)