मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंकासँग दीपकराजको ‘झ्याम्म झ्याम्म’

फिल्मीखबर, काठमाण्डौ, 2017/09/16
 
असोज ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पन्जा २’ को जम्बो टिम अहिले मोफसल दौडाहामा छ । विराटनगर, इटहरी, धरान, दमक हुँदै शनिवार हेटौँडा पुगेको जम्बो टिममा निर्देशक दीपाश्री निरौला, निर्माता तथा अभिनेता दीपकराज गिरी, नायिका प्रियंका कार्की, बर्षा राउत, कलाकारहरु जितु नेपाल, केदार घिमिरे माग्ने बुढा, स्वरुपपुरुष ढकाल छन् । 
शुक्रवार इटहरी पुगेको ‘छक्का पन्जा २’ टिमले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्‍यो । जहाँ दीपकराज, दीपाश्री, प्रियंका, जितु, केदार, बर्षा र स्वरुपबाट दर्शकले भरपुर मनोरञ्जन लिए । दीपक र प्रियंकाले 'झ्याम्म झ्याम्म' बोलको गीतमा ठुम्का लगाउँदा जितु र केदारले कमेडीमार्फत दर्शकलाई रमाईलो गराए । यस्तै, बर्षा र पुरुषले 'नाइलनको साडीमा' नाच्दा निर्देशक निरौलाले फिल्मबारे जानकारी दिइन् । 
 
मोफसल यात्रा निकै रमाईलो भएको र दर्शकको मायाले उत्साहित भएको प्रियंकाले बताइन् । यस्तै, गृह नगरमा विराटनगरका बाढी प्रभावितलाई सहयोग समेत गरेकी निर्देशक निरौलाले मोफसलमा ‘छक्का पन्जा २’ को क्रेज उच्च रहेको बताइन् । शनिवार हेटौँडामा पत्रकारलाई फिल्मको विषयमा जानकारी दिँदै निर्देशक निरौलाले ‘छक्का पन्जा २’ ले अघिल्ला फिल्म भन्दा बढी सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन् । ‘छक्का पन्जा २’ले हलमा गएका दर्शकलाई निराश बनाउँदैन’, उनले भनिन्,-‘फिल्म नसकिञ्जेल दर्शक हाँसिरहनेछन् ।’
 
 
यस्तै, कलाकार एवम् निर्माता दीपकराज गिरीले फिल्मले नयाँ पुस्ताको कथा बोकेको बताए । ‘छक्का पन्जा’को सिक्वेल भएपनि विषयवस्तु विल्कुलै फरक छ’, उनले भने, ‘सामाजिक विषयमाथि बनेको यो फिल्म दर्शकले एकदमै रुचाउनेमा हामी विश्वस्त छौं ।’ उनका अनुसार, फिल्म १ करोड ५० लाखमा निर्माण भएको हो । 
 
फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, गौरव पहारी, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । 
 
दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन् । पहिलो भागमा नदेखिएका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल यो फिल्मको लिड कलाकारको रुपमा रहेका छन् ।