Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘जोनी जेन्टलम्यान’ सबैतिर हाउसफूल, सेल्फीमा घेरिए पल र आँचल

फिल्मीखबर, काठमाण्डौ, 2017/09/16
 
शुक्रबारदेखि रिलिज भएको फिल्म ‘जोनी जेन्टलम्यान’ले प्रदर्शनको पहिलो दिन सुखद ओपनिङ गर्‍यो । बिहानी शोमा ३० र दिवा तथा रात्री शोमा ८० प्रतिशत अकुपेन्सी रहेको फिल्मले दोस्रो दिन शनिवार सबैतिर हाउसफूल व्यापार गरेको छ ।  राजधानीका गोपिकृष्ण, अष्टनारायण, गुण, गंगा र कलंकी लगायत हलहरु हाउसफूल भएको र मल्टिप्लेक्सका बिहानी शोमा ७५ र दिवा शोमा शतप्रतिशत अकुपेन्सी रहेको वितरक सुनिल मानन्धरले जानकारी दिए । उनका अनुसार, मोफसलमा पनि फिल्मको अकुपेन्सी दिवा शोमा शतप्रतिशत रहेको छ । 
 
 
नायक पल शाह, नायिका आँचल शर्मा, निर्देशक नितिन चन्द र निर्माताद्धय अजय मल्ल ठकुरी र एन्डियु पौडेल शनिवार बिहानैदेखि राजधानीमा विभिन्न हलमा पुगेर दर्शक भेटे । पल र आँचलसँग सेल्फी लिन दर्शकको क्रेज खुबै देखिएको थियो । मल्टिप्लेक्स र सिंगल हलमा फिल्म हेर्न पुगेका दर्शकमाझ पल र आँचल घेरिएका थिए । फिल्मको २ दिनको कलेक्शन भने आइतबार बिहानसम्म थाहा हुने वितरक मानन्धरले बताएका छन् । 
 
 
असोज ३ गते संविधान दिवसको सार्वजनिक विदा भएका कारण ‘जोनी जेन्टलम्यान’ लाई फाइदा पुग्ने विश्वास निर्देशक चन्दको छ । पल र आँचलका अलावा फिल्ममा विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरी लगायतका कलाकारहरुको पनि अभिनय छ । 
Most Visited News (monthly)