Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘म यस्तो गीत गाउँछु’ ६५ औं दिनमा

फिल्मीखबर, काठमाडौं, 2017/09/16
 
५ करोड रुपैयाँ बढीको व्यापार गरेको फिल्म ‘म यस्तो गीत गाउँछु’ ले शनिबार प्रदर्शनको ५२ र ६५ औं दिन पार गरेको छ । कुनै बेला सफलताको सूचक मानिने प्रदर्शनीको ५१ औं दिन पछिल्लो समय मल्टिप्लेक्स कल्चरमा हराउँदै गएको थियो । धेरै हलमा एकसाथ रिलिज गरेर दुई सातामै नतिजा निस्कने गथ्र्यो । तर, ‘म यस्तो गीत गाउँछु’ भने काठमाण्डौका केही हलमा अझै पनि चलिरहेको छ । 
 
शनिवारबाट फिल्मले अष्टनारायण हलमा ५२ औं र गोपिकृष्ण र गुण हलमा प्रदर्शनको ६५ औं दिन पूरा गरेको छ । फिल्मले ५१ दिन मनाएको अवसरमा सेलिव्रेशन गर्ने प्रचलन खुबै छ । तर, निर्देशक सुदर्शन थापा र उनको टिमले ‘म यस्तो गीत गाउँछु २’ बनाउने घोषणा गरिसकेका छन् । तर, बर्षकै पहिलो सुपरहिट फिल्मको सेलिव्रेशन गरेनन् । कतै निर्माण पक्ष फिल्मको ७५ वा सय दिने सेलिव्रेशन गर्ने तयारीमा त छैन ? निर्देशक सुदर्शन थापा भन्छन्, 'धेरै फिल्मले ५१ औं दिन मनाएका छन् । दर्शकमाझ ‘म यस्तो गीत गाउँछु’ ले ७५ वा सय दिन मनाएको खुशी साट्न चाहन्छौ । फिल्मको सफलताको सेलिव्रेशन गर्न हामी विशेष कार्यक्रम नै आयोजना गर्छौ ।' 
 
लभस्टोरी फिल्म ‘म यस्तो गीत गाउँछु’ लाई दर्शकको बलियो वर्ड अफ माउथ मिलेको थियो । निर्देशक थापाले सफलताको सबै जस दर्शक, शुभचिन्तक र सञ्चारकर्मीलाई दिन चाहेको बताएका छन् । यस्तै, नायिका तथा निर्मात्री पूजा शर्माले भने व्यापारिक सफलताभन्दा पनि अत्यधिक दर्शक कमाइ गर्न सक्नु आफूहरूका लागि सुखद रहेको टिप्पणी गरेकी छिन् । 
 
वर्ष २०७२ मा रिलिज भएको फिल्म 'प्रेमगीत'मा समावेश शिर्ष गीत सापटी लिएर निर्माण भएको फिल्म 'म यस्तो गीत गाउँछु'लाई 'प्रेमगीत' फेम निर्देशक सुदर्शन थापाले निर्माण र निर्देशन गरेका हुन् । फिल्ममा पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय रहेको छ । 
Most Visited News (monthly)